बाँपीझ्याला, काठमाण्डौं । पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा पुस्तक लाेकार्पण गरिएकाे हाे ।
इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासलाई साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमाले संयुक्त रूपमा विमोचन गरे ।
उपन्यासमाथि टिप्पणी गर्दै उनीहरूले सरल भाषामा उत्कृष्ट बिम्बकाे प्रयाेगले पुस्तक अब्बल रहेकाे बताए ।
लेखकले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटेका छन् । लेखक विमलले सशस्त्र द्वन्द्वमाथि घनघाेर प्रश्न पुस्तकले गरेकाे बताए । उपन्यासमार्फत लेखकले जनयुद्ध के का लागि भन्ने प्रश्न समेत गरेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij