Aug 12 2026 | २०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

कण–कणमा गुरु, सृष्टि नै पाठशाला

कण–कणमा गुरु, सृष्टि नै पाठशाला

गुरु माता, गुरु पिता, गुरु नै संसार,
गुरु नभए कसरी हुन्थ्यो जीवन यो साकार।
जसबाट जे सिकेँ मैले, सबैलाई नमन,
सम्पूर्ण सृष्टिचरणमा अर्पिन्छ तनमन।।

ए है... अर्पिन्छ तनमन,
कण–कणका गुरुमा अर्पिन्छ तनमन।
ए है... अर्पिन्छ तनमन,
सम्पूर्ण सृष्टिचरणमा अर्पिन्छ तनमन।।

 

पहिलो बोली सिकाउने आमा मेरी गुरु,
औँला समाई हिँडाउन बाबा मेरा गुरु।
माया, त्याग र संस्कारले खोले ज्ञानको द्वार,
माता–पिताको आशीषले उज्यालियो संसार।।

गुरु माता, गुरु पिता, गुरु नै संसार,
गुरु नभए कसरी हुन्थ्यो जीवन यो साकार।।

 

विद्यालयका गुरुहरूले अक्षर चिन्न सिकाए,
सत्य, ज्ञान र अनुशासनको बाटो देखाए।
विश्वविद्यालयका गुरुबाट पाएँ नयाँ विचार,
ज्ञानको दीप बालिदिए, हट्यो मनको अन्धकार।।

जसबाट जे सिकेँ मैले, सबैलाई नमन,
सम्पूर्ण गुरुचरणमा अर्पिन्छ तनमन।।

 

आध्यात्मिक गुरु आए, मनको ढोका खोले,
आफैँभित्र सत्य खोज भन्नु भयो बोले।
मोह, माया र अहङ्कारका तोडिदिए जाल,
शून्यताको सागरभित्र भेटेँ प्रेम विशाल।।

गुरु नै प्रेम, गुरु नै सत्य, गुरु मुक्तिद्वार,
गुरुको कृपा नभए कसरी तर्थेँ भवसागर।।

 

ब्रह्माण्ड गुरु, सूर्य गुरु, चन्द्रतारा गुरु,
अनन्त आकाशभित्रका ग्रह–नक्षत्र गुरु।
कालो रातले मौन सिकायो, बिहानीले आशा,
सृष्टिका हरेक गतिले लेख्छ ज्ञानको भाषा।।

अनन्त ब्रह्माण्ड गुरु हो, पृथ्वी पाठशाला,
कण–कणभित्र लुकेको छ ज्ञानको उज्यालो ज्वाला।।

 

पृथ्वी गुरु, पर्वत गुरु, सागर गुरु महान्,
नदी, झरना, वनजङ्गलले दिन्छन् जीवनज्ञान।
जल गुरु हो, वायु गुरु, अग्नि गुरु विशाल,
आकाशले मन फैलायो, धर्तीले धैर्य अपार।।

जलले शीतल बन्न सिकायो, वायुले स्वतन्त्र,
अग्निले उज्यालो दियो, आकाशले विशाल मन।।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार