
बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बलिउड चलचित्र ‘आदिपुरुष’ मा रहेको संवाद नहटाएसम्म काठमाडौँमा कुनै पनि हिन्दी चलचित्र चलाउन नदिने बताएका छन् । यसरी मेयर बालेन शाहले बताए लगतै चलचित्र क्षत्रेमा ठुलो तरङ्ग सिर्जना भएको छ । शाहले ‘आदिपुरुष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद रहेको र त्यसलाई नहटाएसम्म महानगरभित्र हिन्दी चलचित्र नै चल्न नदिने घोषणा गरेका हुन् ।
तर, सेन्सर बोर्डले भने उक्त संवाद काटेर मात्र चलचित्र रिलिज गर्ने अनुमति दिएको स्पष्ट पारको छ । सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले उक्त संवाद काटेर रिलिज अनुमति दिएको जानकारी दिए । उनका अनुसार बुधबार साँझ चलचित्रको सेन्सर भएको थियो ।

के हो विवाद ?
आठ दिन अघि टी–सिरिजको आधिकारिक युट्युब च्यानलमा चलचित्रको अन्तिम ट्रेलर रिलिज गरिएको थियो । उक्त ट्रेलरमा रामको भूमिकामा रहेका प्रभासले आफ्नो वानर सेनालाई रावणसँगको युद्धका लागि प्रेरित गर्दै भनेका छन्, ‘आज मेरो लागि नलड्नु, त्यो दिनको लागि लड्नु जब भारतको कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिले दुराचारी तिम्रो पौरुष याद गरेर काँप्नेछन् । लड्छौ ?’
के भनेका छन् बालेनले ?
उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’
मेयर साहले उक्त शब्द सच्याउन ३ दिनको समय दिएका छन् । उक्त फिल्म शुक्रबारबाट नेपालमा प्रदर्शनमा आउँदै छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij