Nov 25 2026 | २०८३, मंसिर ९, गते

Nov 25 2026 | २०८३, मंसिर ९, गते

जनमुक्ति सेना दिवस : बलिदान र परिवर्तनको इतिहास

जनमुक्ति सेना दिवस : बलिदान र परिवर्तनको इतिहास

नेपाल सम्वत् ११४७, कछलाथ्वः १५, पूर्णीमा (८ मंसिर २०८३, २४ नोभेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । आज मङ्सिर ८ गते, जनमुक्ति सेना नेपाल स्थापना दिवस। वि.सं. २०५८ मङ्सिर ८ गते तत्कालीन नेकपा (माओवादी) ले आफ्नो सैन्य संरचनालाई औपचारिक रूपमा ‘जनमुक्ति सेना, नेपाल’ घोषणा गरेको ऐतिहासिक दिनलाई स्मरण गरिँदैछ।

एकात्मक राज्य व्यवस्थालाई संघीय संरचनामा रूपान्तरण गर्ने, वंशानुगत राजतन्त्रको अन्त्य गरी जनताबाट निर्वाचित राष्ट्रप्रमुख रहने गणतान्त्रिक व्यवस्था स्थापना गर्ने राजनीतिक संघर्षको महत्वपूर्ण अध्यायका रूपमा जनमुक्ति सेना नेपालको घोषणालाई लिइन्छ।

यस दिनलाई केवल सैन्य संरचनाको घोषणा मात्र नभई राज्यसत्ता र शासन व्यवस्थामा जनताको अधिकार स्थापित गर्ने संघर्षको ऐतिहासिक उद्घोषका रूपमा स्मरण गरिएको छ भनी नेकपा दोलखा ईन्चार्ज एवं केन्द्रिय सदस्य विशाल खड्काले बताउनु भयो ।

जनमुक्ति सेनाका सम्पूर्ण योद्धा, घाइते, अपाङ्ग, बेपत्ता योद्धा तथा तिनका परिवारजनप्रति सम्मान व्यक्त गर्दै गणतन्त्र स्थापनाको सपना बोकेर जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।

त्याग, वीरता र बलिदानको इतिहासलाई साझा राजनीतिक विरासतका रूपमा आत्मसात् गर्दै आज प्राप्त उपलब्धिको जगमा हजारौँ योद्धा तथा सहिदहरूको योगदान रहेको स्मरण गर्नुपर्ने सन्देश व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार