नेपाल सम्वत् ११४७, कछलाथ्वः १५, पूर्णीमा (८ मंसिर २०८३, २४ नोभेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ। रामको जन्मभूमि अयोध्या र सीताको जन्मभूमि जनकपुरधामलाई रेलमार्गबाट जोड्ने यस सेवाले दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (नोभेम्बर २३) नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यममार्फत रेल सेवाको उद्घाटन गर्नुभएको थियो।
उद्घाटनपछि अयोध्या धामबाट सोमबार दिउँसो १२ः३० बजे प्रस्थान गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने निर्धारित समय छ। रेलको स्वागतका लागि जनकपुरधाममा सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा स्वागत समारोह आयोजना गर्ने तयारी गरिएको छ।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामसम्म पुग्नेछ। यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रेल रोकिने व्यवस्था गरिएको छ।
१७ वटा डिब्बा रहेको रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन्। रेल सेवा सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ।
अयोध्या र जनकपुरधामलाई जोड्ने यस रेल सेवाले धार्मिक तीर्थयात्रा तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने, यात्रुहरूको आवागमन सहज बनाउने तथा नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij