०८ कात्तिक, बाँपीझ्याला, काठमाडौं । मिति २०७७ साल कार्तिक ९ गते आइतबार आश्विन शुक्लपक्ष नवमी तिथि बिहान ११ /१७ वजेसम्म त्यस उप्रान्त दशमी तिथि आरम्भ हुने भएकोले नवरात्रको अन्तिम अर्थात् महानवमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीको नाम सिद्धिदात्री हो।यी देवी कमलको फूलमा बस्छिन्।
यी देवीको दाहिनेतर्फका तल्लो हातमा चक्र, अर्को हातमा गदा तथा बायाँतर्फको तल्लो हातमा शंख तथा अर्को हातमा कमलको फूल सुशोभित छ।यस संसारमा यी देवीको लागि सिद्धि गर्न नसकिने कामकुरो केही पनि छैन। ब्रह्माण्डमा पूरा विजय प्राप्त गर्न सक्ने शक्ति यी देवीमा रहेको छ।
यिनी भक्तजनहरूलाई जुनसुकै सिद्धि पनि दिन सक्ने साथै इच्छाअनुसारको फल प्राप्त गराइदिने भएकी हुनाले उनको नाम सिद्धिदात्री रहन गएको हो। देवी पुराणअनुसार पार्वतीबाट आएको सिद्धि नै भगवान् शिवजीबाट आएको सिद्धि हो। यिनकै कृपाले गर्दा भगवान् शिव अर्धनारीश्वर हुनुभएको हो।यसैले यस संसारमा भगवान् शिव अर्धनारीश्वर नामले प्रसिद्ध छन्।नवमीमा चन्द्रमाको ग्रह शान्ति पूजा गरिन्छ|
यो दिन सिद्धिदात्री देवीको पूजागरी नैवेद्द लावा चढाउनु पर्दछ।महानवमीमा नवदुर्गा स्वरूपा केराको पातमा नौ वटा चामलको थुप्राहरु बनाई त्यसमाथी सुपारी राखी यसैगरी शैलपुत्री , ब्रह्मचारिणी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ। त्यसपछी विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ।
यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई नरिवेल बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij