नेपाल सम्वत् ११४६, यंलाथ्वः ७, सप्तमी (२ असोज २०८३, १८ सेप्टेम्वर, २०२६) शुक्रबार, बाँपिझ्याला । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारीका ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन्। लोपोन्मुख अवस्थामा पुगेको जिब्रो छेड्ने जात्रा तथा परम्परालाई निरन्तरता दिन उनले पाँचौँपटक जिब्रो छेड्न लागेका हुन्।
येँया पुन्हिःका अवसरमा असोज १० गते शनिबार दिगुभैरव मन्दिरको डबलीमा जिब्रो छेडेर जात्रा सुरु गरिने श्रेष्ठले जानकारी दिएका छन्।
विसं २०७४ मा श्रेष्ठकै अगुवाइमा पुनः सुरु भएको यो जात्रा त्यसयता २०७९, २०८१ र २०८२ मा पनि उनले जिब्रो छेडेर निरन्तरता दिएका थिए। यसअघि विसं २०७५ मा बालकराम श्रेष्ठले जिब्रो छेडाएका थिए। कोरोना महामारीका कारण केही समय जात्रा रोकिएको थियो।
मध्यपुरथिमिमा यसअघि कृष्ण नानिचा श्रेष्ठले विसं २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाएका थिए।
आर्थिक अभावका कारण नियमित हुन नसकेको यो जात्रा सञ्चालन गर्न करिब ६ लाख रुपैयाँभन्दा बढी खर्च हुने बताइएको छ। नगरपालिकाबाट प्राप्त सहयोगभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयले जुटाउँदै आएका छन्।
जात्राका क्रममा दिगुभैरव मन्दिरको डबलीमा हजारौँ मानिसको उपस्थितिमा पूजा गरी करिब एक फिट लामो फलामको सियोले जिब्रो छेडिन्छ। त्यसपछि जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपतिनाथ मन्दिरसम्म यात्रा गर्ने र पुनः बालकुमारी मन्दिर पुगेर सियो निकाल्ने परम्परा छ।
स्थानीय किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचको आतङ्क बढेपछि त्यसलाई नियन्त्रण गर्न एक व्यक्तिको जिब्रो छेडेर नगर परिक्रमा गराइएको थियो। त्यसपछि शान्ति स्थापना भएको विश्वासका आधारमा यो जात्रा सुरु भएको मानिन्छ।
जिब्रो छेड्ने जात्रा सम्पन्न भएपछि नगरमा रोग, अनिकाल तथा प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वाससमेत रहँदै आएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij