समाजसेवी भरत बहादुर श्रेष्ठ, दोलखाबाट विशेष सहयोगी
बाँपीझ्याला, दोलखा । आज बडादशैँको सातौ दिन अथवा सप्तमीको दिन फुलपाती । आज दिउँसो ३ बजेको साइतमा राजकुलेश्वर तलेजु मन्दिरबाट बाजागाजा सहित भीमेश्वरको पालो गुठीयार, थाकती, ब्राम्हण, दोलखाका ६ थरी (जिम्बावाल घण्कर्ण गुठीपालो पर्ने), सहित आवश्यक पूजा सामग्री सहित भीमेश्वर मन्दिरमा गई भीमेश्वरलाई विशेष पूजाआजा गरेर भीमेश्वरको उत्तर पट्टी नवदुर्गा भगवतीको आशन रेखा कोरेर विधि विधानले पूजा गरी सिगारेको फूलपातीको बोकेका भीमेश्वरको ४ गुठीयारहरु कोर्छे, डोक्छेँ, ड्वाकुलुङ्गा र कोतविहार्छे २ जनाले डोली र अरु २ जनाले डोलीको अगाडी र पटाडी केराको थामबोकेर बसेका हुन्छन् । डोलीबोक्ने अधिल्लो व्यक्ति त्यसै सालपालो गर्ने गुठीयार हुन्छ भने अर्को व्यक्ति पछिल्लो सालपालो पर्ने गुठीयार हुन्छ । केराको थामबोक्नेहरु त्यसपछिपालो पर्ने गुठीयार हुन्छन् । डोलीमा विधिवत पूजा गरी उखु, हलेदा, केरा, धानको वाला, बेलपत्र, दारिम, जयन्ती, अशोका फूल र मानवृक्ष (बोकालाई संकल्प गरी थरीले मार हानेर टाउको) डोलीभित्र राखेर बोकाको शरीर तीन पल्ट डोलीमा घुमाएर, पूजा गरी डोली बोकेर राजकुलमा गई फुलपाती भिœयाइन्छ चलन रहेको छ भनी भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

यसै गरी विश्वमा कोरानाको सक्रमण बढी रहेको बेला दोलखामा दशै मनाउन आफ्नो जन्मथलो आएर बस्ने स्थानिय दोलखावासीलाई संक्रमणबाट बचाउने उद्देश्यले दोलखा जिल्ला प्रशासन कार्यालयका प्रमुख रमेश प्रसाद शिवाकोटीज्यूले हिजो ६ गते मध्यरात १२ बजे देखि कार्तिक १२ गते राती १२ बजे निषेधाज्ञ जारी गरिएको छ । त्यसैले दोलखामा गरिने फुलपातीको बडाई लगाएत खड्गजात्रासम्म यसपाली यसरी कोविड १९ को संक्रमणबाट बच्न बचाउनको लागि भिडभाड नगरी दोलखामा सरकारी विधि अनुसार मात्र सम्पन्न गरिने जानकारी अध्यक्ष श्रेष्ठले दिनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij