

पहाडी जिल्ला शहर मल्लकालिन साँस्कृतिकको धरोहर प्राचिन शहर दोलखा हाल भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा स्थित वडा न.२ को कार्यालय भवन निर्माण बन्नु दोलखावासीको लागि गौरवको कुरा हो ।
उक्त भवन निर्माणस्थल हाँडीगाउँ प्राङ्गणमा पहिला पहिला साँस्कृतिक प्रहशन हुँदा उक्त वडा कार्यालय भवन निर्माण स्थलमा जनमानस अटिनअटी नाटक, लाखेजात्रा, गाईजात्रा, कृष्णलिलाको ट्वाकल प्याखन र खड्गजात्राको अवलोकन गरिन्थ्यौ ।
अव आएर उक्त ठाउँमा वडा कार्यालयको कार्यालय भवन बन्दै रहेछ ।
जुन स्वागतयोग्य छ, हामी सवैले स्विकार गर्नु पर्छ तर त्यस हाँडीगाउँ श्यामसुन्दरमा र खड्गजात्रा लगाएत सम्पूर्ण साँस्कृतिक जात्रामात्राको लागि अप्ठ्यारो सिर्जना भएको महशुष दोलखावासीले गरिरहेको छ जो दुःख लाग्दो विषय हो ।

त्यस ठाउँमा पुरानो ठाउँलाई यथावत राखी दायाँ बायाँको जग्गालाई बढाएको भए उपयुक्त हुने थियो ।अव आएर उक्त भवन निर्माण पछि सुरक्षा पर्खाल लगाए पछि जात्रामात्रा कहां गर्ने हो सम्बन्धीत निकायले विचार गर्न पर्यो त्यतिखेर नाचगान जात्रामात्रा कहां गर्ने वडा कार्यालय भवन अगाडीको रानीपोखरी भित्र गर्न भएन त्यसैले उक्त भवनको नक्सा निर्माण गर्ने प्राविधिक दोलखा बाहिरको होला तर दोलखा भीनपाको कोही व्यक्ती, समुह, स्थानिय दाजुभाई, दिदीबहीनीहरुलाई त थाहा थियो होला यस बारेमा सुझाव दिनु पर्ने थियो ।

त्यसमा जनप्रतिनिधीहरु पनी झनै जानकारी व्यक्तित्व हुनु हुन्छ होला । जुन ठाउँ राजकुलेश्वर आधारभूत विद्यालय र पोखरी त हामी हाम्रो दोलखाको नेपालभाषामा उक्त ठाउँलाई देगल लाङा भनिन्छ जो त्यसता ठाउंलाई उपत्यकामा लायकु मतलव दरवार क्षेत्र भनिन्छ, दरवार क्षेत्रमा बर्षमा जतिपनि जात्रामात्रा पर्वको सांस्कृतिक कार्यक्रम त्यसै स्थलमा समापन गर्ने गरिन्छ । जुन ठाउँमा अनेकौ खालका साँस्कृतिक प्रहर्शन हुने गर्दछ ।

ईन्द्रजात्राको बेलामा उक्त वडा कार्यालय भवन स्थलमा नक्छे प्रधान परिवारले आकास भैरव (हाथ्व) प्रद्र्धशन गर्ने गरिन्छ । त्यसैले त्यस्ता सम्पदा क्षेत्रको अतिक्रमण गर्न ठुुलो भूल हुनेछ भन्ने मेरो बुझाई रहेको छ । त्यस्तो महत्वपूर्ण ठाउँलाई कोर्छे मि खलकको कुलदेवता मन्दिरको साईज अनुसार सिधा गर्नु पर्ने हो तर त्यस्तो देखिएन ।
कुनै ठाउँ बाहीर कुनै ठाउँ भित्र हुने भयो के भएको हो यस कुरामा स्थानिय दोलखावासी तिनछक्क परेका छन् । यो साँस्कृतिक स्थल जोसुकैले गरेको भएतापनी दुःखदायी कुरा छ । सकिन्छ भने जुन अतिक्रमित जग्गा अविलम्व सचाएको खण्डमा बुद्धिमानी ठहरिने छ ।
हाल : नयाँ बजार काठमाण्डौं
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij