१२वैशाख बाँपीझ्याला काठमाण्डौँ । सरकारले चलचित्र 'काँडेतार'लाई प्रर्दशनमा रोक लगाएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रका केही सम्वाद र दृश्यहरूमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएको हो ।
बोर्डले ती दृष्य काट्न भनेको थियो । तर, चलचित्र निर्माण टिम कुनै सम्वाद र दृष्यमा कैची चलाउन तयार नभएपछि बोर्डले प्रदर्शनमा रोक लगाएको हो ।
निर्माता, निर्देशक र नायक नवल खड्काले कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न आफूले अनुरोध गरेको बताए । कुनै पनि दृश्य वा सम्वादहरू नकाटी जस्ताको त्यस्तै दर्शकसामु पुर्याउने उनको भनाइ छ । बोर्डले प्रदर्शन अनुमति नदिए न्यायका लागि अदालतसमेत जान सक्ने उनले बताए ।
सामना फिल्मस् प्रालिद्वारा निर्मित चलचित्र खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij