अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको ऐतिहासिक शहर हालको भीमेश्वर नगर वडा नं. २ दोलखा स्थित भीमेश्वर मन्दिरमा यस वर्ष बली पुजा नहुने भएको छ । विश्व भरी महामारीको रुपमा फैलिएको कोविड –१९ को संक्रमणबाट सर्वसाधारण लगाएत स्थानिय जनताहरुलाई संक्रमण हुनबाट बचाई राख्न हालसम्म मन्दिरको रासपूजा लगाए अन्य नित्यपूजाहरु बाहेक सर्वसाधारणको पूजाहरुलाई निषेध गरिएको छ ।
यस सम्वन्धमा श्री भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समितीले दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीज्यूको आतिथ्यमा र सुरक्षा निकाय प्रतिनिधी, गुठीयार र सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा गत असोज ११ गते सम्पन्न बैठकले हाललाई मन्दिरमा गर्नु पर्ने सरकारी तथा गुठीका पूजाआजा र नित्य पूजाहरु बाहेक सर्वसाधारणको लागि मन्दिर नखोल्ने भनी निर्णय गरिएको थियो ।

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा फुलपातीदेखि नवमीसम्म दोलखा भीमेश्वर लगाएत यसभित्र रहेका बिभिन्न देव देवालय र शक्तिपिठमा बलीपूजा दिने प्रचलन रहेको छ । तर यसपाली भने सर्वसाधारणहरु बाट भीमेश्वर मन्दिरमा दिईन बलि पूजा नहुने भएको छ । तर सरकारी पूजा र गुठी संग सम्वन्धी बिभिन्न पूजाहरु भने नियम संगत गरिनेछ । जुन दिउँसो गरिने पूजाहरु भन्दा पनी रात्रीकालिन समयमा गरिने पूजा जस्तै कालरात्रीको नामले पुजिने दोलखा भीमेश्वर, त्रिपुरासुन्दरी र राजकुलेश्वर तलेजु मन्दिर लागाएतका मन्दिरमा गरिने पूजाआजाहरु यथावत रुपमा गरिने छ भनी भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितीका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
स्मरण गर्नु पर्ने कुरा के छ भने गत वर्ष मात्रै दोलखा भीमेश्वर मन्दिरमा सर्वसाधारणले ७ सय भन्दा बढि बोका, भालेको बली चढाईएका थिए । मन्दिरमा नवमीको दिन विहानदेखि सर्वसाधारणको तर्फबाट बलि दिने चलन रहेको थियो । यसै गरी साँझ हाँस, भाले, भेडा, बोका र राँगो गरि पन्चवली पुजा दिने प्रचलन रहेको छ ।
यस सम्वन्धमा दोलखामा फुलपाती देखि नवमीसम्म गरिने पूजाआजा सम्वन्धमा भीमेश्वर नगरपालीका वडा न.ं २ का वडाध्यक्ष श्री विराजमान श्रेष्ठसंग संम्पर्क गर्दा दोलखा भीमेश्वरमा गरिने सरकारी पूजाआजा र गुठी संग सम्वन्धीत विधि विधानका पूजाहरु बाहेक अन्य सर्वसाधारण संग सम्वन्धीत कुनै पनि पूजाआजा नहुने जानकारी दिनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij