२ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । रोड थ्रिलर फिल्म ‘बाटो’ को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युुनिटले नयाँ वर्षको अवसर पारेर फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । फष्टलुकको मोसन फोष्टर समेत तयार गरिएको छ । फिल्मकी एक महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोष्टरले फिल्मप्रति दर्शकको उत्सुकता जगाउन सफल छ । कमर्सियल साउथ स्टाइलिस फिल्मको झल्को दिने यो फिल्म काठमाडौँ फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो ।
फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा चर्चित व्यक्तित्व हुन् । फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झा काठमाडौं फिल्मका फाउन्डर समेत हुन् ।
काठमाडौँका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायाङ्कन भएको फिल्मको पोष्टप्रोडक्सन मुम्बईमा भइरहेको छ । निर्माण युनिटको फिल्म विसं २०८० भित्रमा रिलिज गर्ने योजना बनाएको छ । नेपालीसहित हिन्दी, तेलूगु, मलयालम र अंग्रेजी गरेर पाँच भाषामा फिल्म तयार हुने निर्माता चन्दन झाले बताए । फिल्मको ट्रेलर छिट्टै ल्याउने तयारी निर्माण युनिटको छ । फिल्मको ट्रेलर नेपाली, हिन्दी र तमिल गरेर तीन भाषामा आउनेछ । फिल्म डब्बी एटमस साउन्डमा तयार हुनेछ । नेपालमा पहिलो पटक डब्बी एटमस साउन्ड सिष्टममा फिल्म तयार हुन लागेको हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij