Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

गजल

गजल

बालकृष्ण श्रेष्ठ “पासा”

दलदलमा परेछ जुनी छल गर्न नमान्दा खेरि,
अलमलमा छ बैगुनी जल छर्न नजान्दा खेरि ।

साँचो मायालाएँ भन्थे झूटाको आरोप लाग्यो,
तलतलमा भरे पानी प्यास भर्न नछान्दा खेरि ।

अर्थ नै नजानिकन उनले प्रणय दिवस माने,
खलखली काटे पसिना खर्चले नधान्दा खेरि ।

मख्ख परेर लागे पछाडि पाएर मिठो मुस्कान,
चलमल गर्नै सकेन जब उनले नतान्दा खेरि ।

रित्तैबनाए खालि स्वार्थीले हाँसोदिएको भरमा,
करछलमा डुबेछ साथी आफ्नै नठान्दा खेरि ।

दलदलमा परेछ जुनी छल गर्न नमान्दा खेरि,
अलमलमा छ बैगुनी जल छर्न नजान्दा खेरि ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार