नेपाल सम्वत् ११४६, यंलागाः १४, चर्तुदशी (२३ असोज २०८३, ९ अक्टोबार, २०२६) शुक्रबार, बाँपिझ्याला । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.१५ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ५९१ बिन्दुमा पुगेको छ। बजारमा नेप्सेसहित सबै समूहगत सूचकमा वृद्धि देखिएको छ।
बजार बढेसँगै कारोबार रकममा समेत सुधार आएको छ। अघिल्लो दिन बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
शुक्रबार कारोबार भएका कम्पनीमध्ये १८० वटाको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ। त्यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
समूहगत सूचकतर्फ बैंकिङ समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ। बैंकिङ समूहको सूचक १.२८ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन समूह ०.९० प्रतिशत, जलविद्युत् ०.७४ प्रतिशत र विकास बैंक समूह ०.६१ प्रतिशतले बढेका छन्।
त्यसैगरी, जीवन बीमा समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३७ प्रतिशत, व्यापार ०.३७ प्रतिशत, फाइनान्स ०.३३ प्रतिशत, अन्य समूह ०.२८ प्रतिशत, निर्जीवन बीमा ०.१८ प्रतिशत, माइक्रोफाइनान्स ०.१७ प्रतिशत र लगानी समूह ०.१६ प्रतिशतले बढेका छन्।
शुक्रबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशतले बढेको छ। सिन्धु विकास बैंकको ४.२२ प्रतिशत, सोलु हाइड्रोपावरको ४.०५ प्रतिशत र सान्भी इनर्जीको ३.८६ प्रतिशतले मूल्य वृद्धि भएको छ।
यसको विपरीत रिजलाइन इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ७.८५ प्रतिशतले घटेको छ। महिला लघुवित्तको २.०९ प्रतिशत र सयपत्री हाइड्रोपावरको २.०८ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, सोलु हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सोनापुर मिनरल्स, एसवाई प्यानल र बलेफी हाइड्रोपावर अगाडि रहेका छन्।
समग्रमा शुक्रबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार देखिएको छ। सबै समूहगत सूचक बढ्नुका साथै अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि हुनुले बजारमा सकारात्मक गतिविधि देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij