Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

टर्की भूकम्प : मृत्यु हुनेको संख्या ४ हजारभन्दा माथि, पराकम्पन जार्दै

टर्की भूकम्प : मृत्यु हुनेको संख्या ४ हजारभन्दा माथि, पराकम्पन जार्दै

बाँपीझ्याला, काठमाण्डौं । टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३६५ बढी जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ९२१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी जना घाइते भएका छन् ।

छिमेकी मुलुक सिरियामा १ हजार ४४४ जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्पका कारण लाखौँ मानिस घरवारविहीन भएका छन् ।

टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि पनि निरन्तर कयौँ परकम्प गइरहेको समाचारमा जनाइएको छ ।

रातभर पनि खोजी तथा उद्धारको काम जारी राखिएको बीबीसीले जनाएको छ । टर्कीमा भूकम्पका नयाँ पराकम्प जाने क्रम जारी रहेको समाचारमा जनाइएको छ । मंगलबार बिहानै ५।५ म्याग्निच्युडको पराकम्प महसुस गरिएको छ ।

टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार