Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

केही मुक्तक

केही मुक्तक

एक दिन को शनिवार कहाँ कता जाउँ
सुचि हेर्दा लामै देख्छु पुग्नु पर्ने ठाउँ
एक दिन घरपरिवारसंग बस्नुपर्ने होनि
सोचिराछु जिम्मेवारी अब घटाउदै जाउँ ।१।

शनिवार त विदा हुन्छ फुर्सद छदै छनि
शनिवार नै मिटिङ धेरै झनै फुर्सद नहुनि
आराम गर्नु पर्छ भन्ने अब बल्ल चेत खुल्यो
कति बाहिर कुद्नु अब परिवार कोनि हुनि ।२।

पद पाउँदा लोभ लाग्ने छोड्ने कुरै छैन
सोचिदैन त्यतिखेर भ्याउने हो कि हैन
के के नै भए भन्दै गमक्क फुल्दोरछु
कुनै ठाउँमा राम्रोसंग गर्न सक्या छैन।३।

विशेषज्ञता हासिल गरौं कुनै एक ठाउँमा
अरूलाई मौका दिउँ सहभागिताको नाउँमा
आफुमात्र होईन सबै साथसाथ बढनु पर्छ
प्रजातान्त्रिक संस्कार रोजौं अब हरेक ठाउँमा ।४।

गणेश कुमार श्रेष्ठ
हेटौडा–४ चिल्ड्रेनपार्क

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार