बाँपीझ्याला, काठमाण्डौं । भारतीय टेलिशृंखला अभिनेत्री तुनिशा शर्मा मृत फेला परेकी छन्।
शनिबार ‘अली बाबा: दास्तान ए काबुल’ को छायांकन सेटमा उनी मृत फेला परेकी हुन्। उक्त टेलिशृंखलामा उनी राजकुमारी मरियमको भूमिका निर्वाह गरिरहेकी थिइन्।
भारतीय सञ्चार माध्यमका अनुसार उनी एक मेकअप कोठाको पंखामा झुन्डिरहेको अवस्थामा भेटिएकी हुन्। उनलाई तत्काल आनन-फानन अस्पतालमा लगिएको थियो जहाँ डाक्टरले मृत घोषित गरेका थिए।
प्रहरीका अनुसार नयाँ गाउँको रामदेव स्टुडिओमा छायांकन भइरहेको थियो। ब्रेकको समयमा अभिनेत्री तुनिशा पंखामा झुन्डिएकी हुन्।
तुनिशाकी आमाले उनको प्रेमी शीजान मोहम्मदको कारण छोरीले यस्तो कदम उठाएको आरोप लगाएकी छन्। प्रहरीले शीजानलाई पक्राउ गरेको छ।
चन्डीगढमा जन्मिएकी तुनिशाले २०१५ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। उनको पहिलो टेलिभिजन शो ‘भारतका वीर पुत्र महाराणा प्रताप’ हो। त्यसपछि उनले ‘चक्रवर्ती अशोका सम्राट, गब्बर पुन्छवाला, शेर ए पञ्जाबः महाराजा रञ्जित सिंह, इन्टरनेटवाला लभ, इश्क शुभानाल्लाह’ जस्ता टेलिशृंखलामा काम गरेकी थिइन्।
उनले २०१६ मा बलिउडमा पनि डेब्यु गरेकी थिइन्। उनको पहिलो फिल्म ‘फितुर’ हो। उनले 'बार-बार देखो' र 'दबंग ३' मा समेत अभिनय गरेकी छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij