Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा आइतबार राति भएको कार दुर्घटनामा छ जनाको मृत्यु

दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा आइतबार राति भएको कार दुर्घटनामा छ जनाको मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा आइतबार राति भएको कार दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

लिम्पोपो यातायात विभागले ब्यारियर लाइनलाई ओभरटेक गरेर लाइट डिलिवरी गाडीसँग ठक्कर दिँदा चार महिला र दुई पुरुषको घटनास्थलमा मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन्।

लिम्पोपोको यातायात र सामुदायिक सुरक्षाको लागि कार्यकारी परिषद् फ्लोरेन्स राडजिलानीले भनेका छन्,'यो दर्घटनाबाट हाम्रो सडक रक्तपातपूर्ण भएको छ। यो अत्यन्तै पीडादायी तर सबै सडक प्रयोगकर्ताहरूलाई सधैं सडकको नियमहरू पालना गर्ने आह्वान गर्ने समय पनि हो ।'

घटनास्थलमा कानून प्रवर्तन अधिकारीहरूले दुर्घटनाको सम्भावित कारणको रूपमा असावधानीपूर्वक सवारी चलाउने पनि प्रमुख रहेको बताएका छन् । (रासस-सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार