बाँपीझ्याला, काठमाडौँ । ताइवानको पूर्वी तटमा बिहीबार ६।. म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ । बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा ६ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको जनाइएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५.९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन । ताइवानमा भूकम्पको धक्का धेरै कम महसुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले पत्रकारहरूलाई जानकारी दिएका छन् ।
अहिलेसम्म आठ वटा पराकम्पन गएको छ र हामीले आगामी तीन दिनमा थप परकम्प आउने अनुमान गरिएको ताइपेईमा चाङले बताएका छन् । ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुवै रेलहरू कम गतिमा चलिरहेका छन् तर सेवा रोकिएको छैन । दुई टेक्टोनिक प्लेटको जंक्शन नजिकै रहेको टापुको कारण ताइवानमा नियमित भूकम्प जान्छ ।
कतिपय ६.० म्याग्निच्युडको वा सोभन्दा बढीको भूकम्प घातक साबित हुन सक्छ, यद्यपि धेरै भूकम्प कहाँ र कति गहिराइमा आउँछ भन्ने कुरामा भर पर्छ । गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । यसमा परी एक व्यक्तिको ज्यान गएको थियो भने केही भवन ढलेका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij