महिलाको हकमा २० बर्ष पुगेपछि विवाहका लागि योग्य मानिन्छ । भनिन्छ नि, ‘बिस बर्ष पारी, बिहेवारी ।’
मानसिक एवं शारीरिक परिपक्कताको हिसाब–किताब गरेरै विवाहको उमेर तय गरिएको हो । स्वभाविक हो, विवाहपछि दम्पतीले सन्तानको योजना बनाउँछन् । गर्भधारणका लागि दम्पतीको उमेरले पनि खास अर्थ राख्छ ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ श्वेता सिंहका अनुसार ३५ बर्षपछि गर्भधारण गर्नु त्यती उचित हुँदैन । किनभने यतिबेला एकातिर महिलामा गर्भ नरहने संभावना बढ्छ अर्कोतिर पुरुषको शुक्रकिट कमसल हुँदै जान्छ । त्यसैले महिलाको हकमा ३५ वर्षअघि नै गर्भधारण गर्नु उचित हुने चिकित्सकहरुको सुझाव छ ।
त्यसो त अहिले एकल सन्तान हुर्काउने अभिभावक थुप्रै छन् । ‘थोरै भए पुगिसरी’ भन्ने नारालाई आत्मसात गर्दै एउटै बच्चामा दम्पतीले चित्त बुझाएका छन् । तर, एकल बच्चा हुर्काउनु उनीहरुको लागि चुनौतीपूर्ण बन्दै गएको छ ।
खासगरी एकल बच्चामा भावनात्मक एवं सामाजिक विकास हुन नपाउँदा उनीहरुले एकलकाँटे बन्दै गएका छन् । एकल सन्तानमा देखिएका कतिपय समस्याले गर्दा अहिले दम्पतीहरु दोस्रो सन्तान जन्माउनुपर्छ भन्ने मनस्थितीमा पुगेका पाइन्छन् ।
दुई बच्चा भए आपसमा खेल्ने साथी पाउँछन्, एकअर्कामा कहिले झै–झगडा गर्छन्, कहिले मिलिजुली बस्छन्, खानेकुरा बाँढीचुडी खान्छन् । यवात् कुराले उनीहरुमा अपसी मिलाप, सद्भाव, प्रतिस्पर्धा, सहगोगको भावना विकास हुने मनोविज्ञहरुको राय छ ।
दोस्रो सन्तानको योजना
२५-२६ बर्षको उमेरमा पहिलो सन्तान जन्माएकी आमाले दोस्रो सन्तान कुन उमेरमा जन्माउने त ? विगतमा एउटा नारा नै थियो, ‘दोस्रो बच्चा कहिले, दोस्रो स्कुल जान्छ जहिले ।’ अर्थात पहिलो बच्चा हुर्किसकेपछि मात्र दोस्रो बच्चा जन्माउनुपर्छ भन्ने थियो । तर, के यो महिलाको प्रजनन स्वास्थ्य, परिवारको आर्थिक व्यवस्थापन, बच्चाको सामाजिक जीवनको हिसाबले उपयुक्त थियो ?
गर्भधारणको लागि सही उमेर
डा. शाहका अनुसार सन्तान जन्माउँदा महिलाले आफ्नी सन्तानको साथै आफ्नो उमेर पनि ख्याल गर्नुपर्छ । गर्भधारणको लागि २० वर्ष पछि र ३५ वर्ष अघिको समय उपयुक्त हुन्छ ।
२० वर्षपछिको उमेर स्वास्थ्यको हिसाबले मात्र नभएर आर्थिक र सामाजिक हिसाबले पनि उपयुक्त हुन्छ । यसबेला महिलाले प्रजनन स्वास्थ्य, प्रजनन अधिकारबारे पनि बुझिसकेका हुन्छन् । महिलाहरुको प्रजनन स्वास्थ्यको कोणबाट हेर्ने हो भने २० बर्षपछि उनीहरु आमा बन्न योग्य हुन्छन् । यद्यपि पढाई, करियर अन्य जिम्मेवारीका कारण यही उमेरमा विवाह हुन्छ वा गर्भधारण हुन्छ भन्ने हुँदैन । ३० बर्ष नबित्दै विवाह गरेकी महिलाले तीन बर्षको अन्तरमा बच्चा जन्माउन उपयुक्त हुन्छ ।
दोस्रो सन्तानको आवश्यक्ता
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. वालकृष्ण शाहका अनुसार पहिलो बच्चा जन्मिएको तीन बर्षपघि दोस्रो सन्तान जन्माउनु उचित हुने राय दिन्छन् । उनका अनुसार पहिलो सन्तान जन्मिएको दोस्रो बर्षमा दम्पतीले अर्को बच्चाका लागि योजना बनाउन उचित हुन्छ ।
‘अहिले बच्चाहरुलाई अढाई, तीन बर्षमा विद्यालय पठाइन्छ’ डा. शाह भन्छन्, ‘यस हिसाबले पहिलो बच्चा विद्यालय जान थालेपछि दोस्रो बच्चा जन्माउनु भनिएको हो ।’ यो जन्मान्तर सामाजिक, मानसिक, व्यवहारिक सबै हिसाबले सही भएको उनको तर्क छ ।
जन्मान्तर बढी भएमा
पहिलो सन्तानपछि जन्मान्तर बढी राखेमा स्वास्थ्य जटिलता आउन सक्ने कुरा भ्रमभएको डा शाह बताउँछन् । एउटा सन्तान जन्मिएपछि अर्को सन्तान यही उमेरमा जन्माउनुपर्छ भन्ने भ्रम भएको उनको भनाई छ । जन्मान्तर बढी राखेमा कुनै जटिलता आउँदैन । यद्यपि यसमा महिलाको उमेर बढी छ भने बच्चामा समस्या आउन सक्छ ।
महिलाको उमेर जति–जति बढ्छ त्यति नै अण्डको गुणस्तरमा कमी आउँने हुँदा गर्भ रहन गाह्रो हुन्छ । गर्भ रहे पनि खेर जान सक्ने र आमामा पनि गर्भावस्थामा जटिलताको थपिन सक्ने डा. शाह बताउँछन् ।
सन्तान उत्पादनमा महिलाको उमेर बढी महत्वपूर्ण
उमेर बढ्दै गएपछि जसरी महिलाको अण्डको गुणस्तर कमजोर हुँदै जान्छ, उसैगरी पुरुषको सुक्रकिटको गुणस्तर पनि कमसल हुँदै जान्छ । यद्यपि स्वस्थ्य बच्चाका लागि पुरुषभन्दा पनि महिलाको उमेरले खास अर्थ राख्छ । किनभने एकपटक शारीरिक सम्पर्क हुँदा पुरुषबाट असंख्यौं सुक्रकिट निस्कन्छ । त्यसमध्ये सबैभन्दा बलियो वा तगडा सुक्रकिट महिलाको अन्ण्डमा निषेचित हुन्छ । यसरी पुरुषको उमेर बढ्दै गएपनि र सुक्रकिटको गुणस्तर कमजोर हुँदै गएपनि त्यसमध्ये सबैभन्दा बलियो सुक्रकिट महिलाको अण्डमा निषेचित हुने हो । ‘तर महिलाको हकमा एउटा मात्र अण्ड उत्पादन हुने भएकाले उनीहरुको त्यो यदि कम गुणस्तरको भए बच्चामा समस्या देखिन सक्छ’ डा. शाह भन्छन् ।
बढी उमेरको महिलाको अण्ड र क्रोमोजोमको गुणस्तर नहुन पनि सक्छ । पुरुषमा शुक्रकिटको संख्या बढी हुने र तीमध्ये पनि एउटा बलियो शुक्रकिटले निषेचन गराउन सक्ने तर, महिलाको भने अण्ड एकै हुने हुँदामहिलाको उमेरलाई महत्व हेरिएको उनी बताउँछन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij