Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

होटल र पूजा सामान पसल व्यवसायी सावित्री श्रेष्ठ तपाईहरुको साथमा …

होटल र पूजा सामान पसल व्यवसायी सावित्री श्रेष्ठ तपाईहरुको साथमा …

दोलखा जिल्ला मागादेउराली गाउँपालीका वडा नं. ३ गुफा टोलमा २०५० सालमा बा लक्ष्मी बहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठकी कोखबाट जन्मेकी आयुष्मती जेठी सुपुत्री सावित्री श्रेष्ठ ।

वि.सं. २०६७ सालमा भीमेश्वर नगरपालीका वडा नं. २ लिष्टोल निवासी धर्मलाल श्रेष्ठको कान्छा सुपुत्र विश्वम्वरलाल श्रेष्ठसँग दाम्पत्य जिवनमा गाँनिन्नु भएका श्रेष्ठले होटेल व्यवसाय र पूजा सामानको पसलमा व्यस्त छिन् ।

होटेल व्यवसाय र पूजा सामाग्री पसलमा व्यस्त सावित्री श्रेष्ठले आफ्नो अनुभव यसरी सुनाउछन् । नेपाल राज्यकै महत्वपूर्ण दोलखा भीमेश्वर भगवानले बास गरेको ठाउँ भएकोले यो दोलखा शहर धेरै राम्रो लक्षणयुक्त रहेको बताउछन् । यसै गरी अहिले आफुले होटेल व्यवसाय र पूजा पसल व्यवसायबाट राम्रै आम्दानी गर्न सफल भएको र मेहनत गरेपछी त्यसको प्रतिफल पक्कै राम्रो मिल्नेमा आफु विश्वस्त रहेको र यस कार्यमा आफ्नो पती विश्वम्वरलाल श्रेष्ठको पनी पूर्ण समर्थन र सहयोग भएकोले अझ संचालनमा सजिलो भएको अनुभव सुनाउँछन् ।

स्थानिय समाजसेवी गोपाल प्रधानको नजरमा सावित्री श्रेष्ठ एक कुसल र सहयोगी व्यवसायी हुनुका साथै असल गृहणी हुन् सधै हसिलो मुहारमा सवैसंग मिलनसार व्यवहार गर्ने र आफुले सक्ने कुनैपनी कामबाट पछी नभाग्ने, लाज नमान्ने मेहनती भएकोले नै अहिले निरन्तर दुईवटा पसल व्यवसाय संचालन गर्न सफल भएको बताउनु हुन्छ ।

व्यवसायी श्रेष्ठ अगाडी भन्नु हुन्छ, मेरो बुबाको व्यवसाय पनी यही प्रकारको भएकोले आफुले सानै उमेरदेखि सिक्ने मौका पाएकोले आफु पनी सोही प्रकृतीको व्यवसाय संचालन गरेको भनाई राख्नु हुर्दै अहिले दोलखामा पसल व्यवसाय संचालन गर्ने हरेक व्यवसायीहरुले आफु र आफ्नो पसल सरसफाईमा ध्यान दिनु पर्ने र चलनचल्तीको दरभाउ विक्रि प्रबन्ध मिलाई व्यवसायलाई व्यवसायीकरणमा जोड दिई सोही अनुसारको मुल्य कायम ग¥यो भने अझ राम्रो र सोही अनुसार व्यवसाय अगाडी बढ्नेमा विश्वास राख्नु हुन्छ र यस प्रकारको व्यवसायको लागि दोलखाबाट बाहीर जानु नपर्ने भनाई पनी राख्नु हुन्छ ।

अन्तमा आफ्नो परिचय सहित व्यवसायलाई नेपाली दाजुभाई, दिदीबहीनीहरु विचमा सन्देश पू¥याउन सहकार्य गरेकोमा बाँपीझ्याला डटकमलाई हार्दिक आभार व्यक्त गर्नु हुर्दै उन्नती र प्रगतीको लागि आफुले भगवानसँग प्रार्थना गरेको अभिव्यक्ती दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार