२०७८ भारतीय समाचार टेलिभिजन ‘जी न्यूज’ का लागि नेपालस्थित संवाददाता इन्जिना कार्कीमार्फत अहिले नेपालका समाचारले उक्त च्यानलमा राम्रो स्थान पाउने गरेका छन् ।
पत्रकारितामा स्नातक उनी विगत १२ वर्षदेखि यही पेसामा आबद्ध छिन् । रेडियो हुँदै टेलिभिजन पत्रकारितामा जमेकी इन्जिनाले यसअघि हिमालय टेलिभिजन, तराई टेलिभिजन एवं माउन्टेन टेलिभिजनमा काम गरिन् । हरेक वर्ष ‘जी न्यूज’ ले आयोजना गर्ने बेस्ट इम्प्लोई अवार्डको नोमिनेसनको शीर्ष स्थानमा परेकी उनले यस वर्षको उक्त अवार्ड हात पार्ने देखिन्छ ।
‘मैले जी न्यूजमा काम गरेपछि नेपालका समाचार १० नम्बरमा पर्न सफल भएका छन् ।’ इन्जिना भन्छिन्–‘सार्क देशका प्रतिनिधिको कामलाई निगरानीमा राखी वार्षिक मूल्यांकनका आधारमा बेस्ट मोटिभेसन अवार्ड जी न्यूजले प्रदान गर्ने गरेको छ । यसपटक नेपालले यो अवसर पाउनेमा आशावादी छु ।’ पछिल्ला दिनमा उनको समाचारले जी न्यूजमा महत्वपूर्ण स्थान पाउने गरेको उनी बताउँछिन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij