Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

गजल

गजल

बिके श्रेष्ठ “पासा”
हिजोआज फेसबुकले बाटो तताएको छ,
आजभोलि शब्दहरूले डाँडो कटाएको छ ।

सेवा भन्दा बढी नै टेवाको प्रचार सामग्री,
दायाँबायाँ नहेरि अनेक गाँठो पठाएको छ ।

खै कुन्नि कता पो छ मान्छेमा मानवीयता,
हरघडी मैदानमा नौटंकी साँचो रचाएको छ ।

भदौमा आँखा फुटेको गोरुसरी देख्छन् के,
खोजीनिती गरेर दम्भले हाँसो देखाएको छ ।

दर्शन भन्दा बढी प्रदर्शन नगरिदिए हुन्थ्यो,
फाइदा भराइ शहरमा तातो सेलाएको छ ।

हिजोआज फेसबुकले बाटो तताएको छ,
आजभोलि शब्दहरूले डाँडो कटाएको छ ।

भीनपा– २ दोलखा,
हाल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार