बालकृष्ण श्रेष्ठ “पासा”
एकताका चुनावी माहोल छाउने बेलामा यस्तो लाग्छ कि घरघरबाट नै उम्मेदवार उठेको छ र सबैजना नै चुनावमा लडेर जितौँला जस्तो तरिकाले टोलटोलमा संवाद, मनोवाद, विवाद अनि वादविवाद पनि हुने गर्छ । यसो हेर्दा लाग्छ कि नेपालमा राजनीतिक कुरा गर्न कोही पनि कम छैनन् र कसैले कसैलाई भ्याउँदैनन् पनि ।
राजनीति बुझेर बोल्नेहरूको जमातले भट्टि चौतारीमा बोल्दैनन् समयको अभाव जताएर पाखा लागि हाल्छन्, जो राजनीतिका ज्ञाता हुन्छन् उनीहरूलाई समय मूल्यवान हुन्छ र मुख्य माथिल्लो स्तरमा कुरा राख्न पुग्छन् र तल्लो जनवर्गीय तहका लागि दोश्रो श्रेणीका कार्यकर्ता अथवा सो श्रेणीका कमाण्डरको जिम्मा लाई दिन्छन् र आपूm छेउ लागि दिन्छन् ।
ती दोश्रो श्रेणीका सहनेताहरू भनाउदालाई फेरि अर्को समयको अभाव हुन्छ उनीहरूलाई आपूmले चिनेका, जानेका, ठानेका, मानेका र छानेकाहरूलाई गुट्मुट््याएर समुह बनाउनका लागि हतारो हुन्छ, अनि घरदेखि टोल, गाउँ, नगर हुँदै जिल्लामा पुग्ने मेसोमा अल्मलिन थाल्छन् । यसोगर्दा सामान्य जनमानसमा राजनीतिको मूल जड के हो र त्यो जडमा कसरी पुग्ने र कसरी बुझ्ने भन्ने मेसो पाउन निकै कठिन हुने गरेको पाइन्छ ।
अनि अर्को तेश्रो थरिमा उपसहनेता हुन्छन् जो टोलमा मात्र सिमित हुन्छन् झन् उनीहरू उपल्लो केन्द्रीय स्तरका भन्दा नि हाइ कमाण्डका सरह ठानेर टोला मान्नेहरूलाई ‘क’ वर्गको सान्त्वना दिएर आपूmतिर तान्ने प्रयास गर्छन् र नमान्ने अटेरीहरूलाई खाइपाइ आएको जग्गा जमीनको आयस्ता अधिया बाली ज्याला आदि ईत्यादि नै रोकिने र आपूmहरू ती कुराको लागि समर्थन गर्न नआउने जस्तो आडम्बरी भावले मान्छेहरूलाई अन्योलमा राखिदिने काम गर्नाले पनि सामान्य जनमानसमा राजनीति भन्ने कार्यमा मात्रै होइन कि शब्द सुनेरै आजित हुन थालेका कारण्ले नै हिजोआजका नेपाली जनताहरूले सामुहिक रुपमा नै भन्ने गरेका छन् कि ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेर ।
यसको अर्थ माथिल्ला तहकाले पनि बुझ्नुपर्यो कि राजनीति गरेर आपूm माथिल्लो लेबलमा कसरी पुग्ने भन्ने चक्रव्यूहको घेरा बनाउदा त्यो चक्रव्यूहमा निमूखा जनताहरू नपरोस् भनेर केही गरि राजनीतिको चलखेलका कारणले एकजना नेताले त्यो ठाउँ त्याग्नुपर्ला कि भन्ने आशंकाले गलत तरिकाको रणनीति अपनाएर आफ्नो पक्षका जनमानसमा अर्को पक्षले घृणा रतिरस्कार गर्दा के त्यो राजनीतिक औचित्य सही हुन्छ र !
अहिले राजनीतिक दल र पार्टीहरू आ–आफ्नो डम्पूmको ताना कस्दै स्वर मिलाएर जनताको हितको लागि भनेर विशेषगरी कम्यूनिष्ट नेताहरू एक अर्कामा अनुशासित, इमान्दारी र वफादारको भजन गाउँदै एकताबद्ध हुने भनेर समाचारमा जति कुरा ओकल्न खोजिरहेका छन् यस्तो जाइफले कुराले जनमानसको दाल गल्नेवाला छैन । जनमानसमा वर्तमान राजनीतिक दल र पार्टीप्रति यति वितृष्णा जागिसकेको छ कि भोलि आएर नेता पनि बेकारमा भैएछ क्यारे भन्ने सम्म नपमर्ला भन्न सकिन्न, किनकि राजनीतिक पार्टीहरूले देखाउन मिल्ने नाटक पनि देखाइसके, देखाउन नमिल्ने नाटक पनि देखाइसके ।
शहरी विकासको नाममा जग्गाहरू अतिक्रमण गरेर मुआब्जा नदिँदा अलपत्र परेका नागरिकको पीडा, सम्पदा संस्कृति संरक्षण गर्ने बहानामा नेवार जातिले आफ्नो थलो छाड्रन वाध्य हुनुपरेको पीडा सर्वसाधारणले टुलुटुलु हेरिरहन बाहेक के नै गर्न सकेका छन् र ! महँगी हेर त्यस्तै, बजार व्यव्स्थापन लथालिंग, अनाधिकृत बस्तीले वातावरण नै अस्तव्यस्त.. यी कुराहरूमा राजनीतिले कहिले चाहिँ सकारात्मक व्यवहार मिलाउला र खै…?
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij