Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

पुरुष महिलाको ‘स्तन’ प्रति किन आकर्षण हुन्छन् ? यस्तो छ बैज्ञानिक कारण ।

पुरुष महिलाको ‘स्तन’ प्रति किन आकर्षण हुन्छन् ? यस्तो छ बैज्ञानिक कारण ।

बाँपीझ्याला, काठमाण्डौं । महिलाले स्तनपान गराउनैका लागि स्तन बनेको हो भनिन्छ तर दुग्ध उत्पादन गर्ने महिलाको क्षमता स्तनको आकारसँग सम्बन्धित छैन (कम्तीमा गर्भाधानअघि त छैन) ।

अझ, हर्मोनको स्तर र स्तनको आकारबीच स्पष्ट सम्बन्ध देखिएको छैन । त्यसोभए किन पुरुषले महिलाको स्तन मन पराउन थालेका हुन् त ?

साइकोलोजी टुडे नामक पत्रिकामा मानवशास्त्री रोबर्ट डी मार्टिनले यस विषयमा एक स्तम्भ लेखेका छन् । अलि पहिलेको वैज्ञानिक अनुमान अनुसार, स्तनहरूले बोसो सञ्चिति गर्छन् त्यसैले हाम्रा शिकारी–संकलक पूर्खाहरूले खान नपाउने स्थितिमा त्यो सञ्चिति उपयोगी हुन्थ्यो ।

तर त्यो कुरा सत्य हुन्थ्यो भने पुरुषहरूले महिलाको शरीरका अन्य भागमा जमेका बोसोलाई पनि उत्तेजक मान्नुपर्ने हो । त्यसैले यो अनुमान पत्याउन सकिन्न । अर्को एक लोकप्रिय सिद्धान्त चाहिँ जोडीहरूबीचको निकट सम्बन्ध सँग जोडिएको छ ।

अध्ययनहरूले महिलाका नि प्पलहरूलाई दुग्धपान गर्ने बच्चाले वा पार्टनर साथीले उ त्तेजित पार्दा उनीहरूमा ओक्सीटोसिन भरपूर हुने र त्यो निकट सम्बन्ध बनाउने हर्मोन भएको साबित गरेका छन् ।

त्यसैले स्तनमा अतिरिक्त ध्यान दिने पुरुषले आफ्नो पार्टनर साथीलाई प्रभावित पार्न सक्छन् र महिलालाई आफ्नो सन्तान जन्माउनका लागि विश्वस्त तुल्याउन सक्छन् ।

यसमा पुरुषहरूले निःस्वार्थीपना देखाएको लाग्छ जुन अस्वाभाविक छ । तर यसले सम्बन्धमा निकटताको सिद्धान्तलाई व्याख्या भने गर्छ । बेलायती मानवशास्त्री एडवर्ड डट्टनले चाहिँ स्तनको विकास नि तम्ब जस्तो देखिने हिसाबमा भएको बताएका छन् । हाम्रा परापूर्खाहरूले जनावर झैं पछाडिबाट यौ नकर्म गर्थे र समयको कुनै विन्दुमा आएर उनीहरूले आमनेसामने भएर यौ नकर्म गर्न थाले ।

विकासक्रमको इतिहासको यो क्षण एकदमै महत्त्वपूर्ण थियो किनकि अनुहार हेराहेर गरेर गरिने यौ नकर्मसँगै लामो समयसम्म तथा तीव्रताका साथ गरिने चक्षु सम्पर्क (आई–टु–आई कन्ट्याक्ट) को विकास भयो जुन कुरा सन्तानोत्पादनमा यसअघि उपयोग गरिँदैनथियो ।

मानव प्रजातिका लागि अनुहार हेराहेर गरेर गरिने यौ नकर्मले ल्याएको गम्भीर मानवशास्त्रीय परिवर्तनका बारेमा धेरै किसिमका अनुमानहरू पाइन्छन् । यस्तो यौ नकर्मले जोडीको स’म्ब’न्ध गहिरो बनाउन राम्रो योगदान गरेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार