Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा मच्छिन्द्रनाथको रथजात्रा र समाजसेवी सकुना श्रेष्ठको सस्मरणमा त्यो क्षण

दोलखा मच्छिन्द्रनाथको रथजात्रा र समाजसेवी सकुना श्रेष्ठको सस्मरणमा त्यो क्षण

सकुना श्रेष्ठ, समाजसेवी

भगवान प्रति गहिरो आस्था, दीनदुःखी प्रति अगाध स्नेह र ममता, समाज प्रति मानवीय सोचले भरिपूर्ण भएकी एक आदर्श नारी हुन् दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा डोक्छें टोल निवासी स्वर्गीय दिल बहादुर श्रेष्ठ र स्वर्गिय नानी कुमारी श्रेष्ठकी आयुष्मान सुपुत्री सकुना श्रेष्ठ ।

बाल्यकालमा दोलखाको घर आँगनमा हुर्केर भरखरै मात्र स्थापना भएको बालमन्दिर स्कुलबाट स्कुल जीवन शुरुआत गरेर राजकुलेश्वर प्राथमिक विद्यालयमा प्रारम्भिक चरणको पठनपाठन सकाएर माध्यमिक स्तरको पठन पाठन भीम माध्यमीक विद्यालयमा अध्ययन गर्दा गर्दै उपत्यका ललितपुर पुल्चोकस्थित मदन स्मारक हाईस्कुलबाट अध्ययन पुरा गर्नुभएको हो ।

समाज सेवामा अति नै लगाव रहेका सकुना श्रेष्ठलाई धर्म, संस्कृती र परम्परा प्रति पनि उत्तिकै आस्था र भरोसा राख्नुहुन्छ । विशेषगरी उहाँलाई दोलखामा रहेका साक्षात भगवान मच्छिन्द्रनाथ करुणामाई दोलखाली नेवारी भाषामा बुग्देउ प्रति गहिरो आस्था, सद्भाव र विश्वास रहेको छ । उनै साक्षात भगवानको कृपाले गर्दा नै वहाँले मनले चिताएको र ईच्छा गरेको हरेक कुराहरु पुरा भएको मान्नु हुन्छ । आज आँखाले देखिएका गरीब दीनदुःखिलाई सहयोग गर्न सकेको अनुभव गर्नुहुन्छ ।

पाटनको ललितपुरमा रहँदा रहँदै स्थानीय साथी र आफन्त नजिकको चिनजान, परिचित व्यक्ति केशवलाल श्रेष्ठ मलेकुसंग परिचय भयो । चिनजानको पारस्परिक सम्बन्ध वैवाहिक रुपमा परिणत भयो । त्यसपछि सकुना श्रेष्ठबाट सकुना श्रेष्ठ मलेकु हुनुभयो ।

पुल्चोकस्थित स्थानीय वासिन्दा केशव लाल मलेकुज्यूको व्यापारिक कारोबार विदेशतिर पनि हुने भएकोले उहाँले अमेरीका, जापान, अष्ट्रेलिया र हङकङ लगायत बिभिन्न देशको यात्रा गर्नु भएकोले वहाँले आन्तरीक तथा बाह्य व्यापार व्यवसायमा अनुभव बटुल्नका साथै धेरै कुरा सिक्न सफल हुनुभएको छ ।

हाल वहाँ ललितपुर स्थित सानेपा निवासमा हुनुहुन्छ, उहाँका २ छोराहरु जेठा कुसल श्रेष्ठ र कान्छा कुनाल श्रेष्ठ यस्तै गरी २ छोरी जेठी सजना श्रेष्ठ र कान्छी सजया श्रेष्ठ छन् ।

आराध्यदेव साक्षात दोलखा भीमेश्वर र मच्छिन्द्रनाथ करुणामाईको आशिर्वाद र कृपाले चारैजना छोराछोरीलाई सही र निर्दिष्ट स्थानमा पु¥याउन सकेकोमा उहाँ आफुले खुसी व्यक्त गर्दै गौरव गर्नु हुन्छ । आफु समाजसेवी र व्यवसायी हुँदा हुर्दै पनी पछिल्लो पटकमा उहाले बाल्यकालदेखि सँगै हुर्केका र खेलका संगीहरुलाई साथ लिएर समकालिन एकता समाज नेपाल नामको सामाजिक संस्था खोलेर दोलखा भित्र र बाहिर सामाजिक कार्यमा सक्रिय हुर्दै आउनु भएको छ ।

विश्व जगतमा जैविक प्रकोपले गर्दा भयानक भयावह स्थिति रहेको छ । यसमा कसैले कसैलाई दोष लाउने ठाउँ नै छैन । हिन्दु सनातन धर्मका अनुयायी हौं भन्ने कुरामा विश्वास गर्नु हुने आदरणीय सकुना श्रेष्ठ समाजसेवी मात्र नभएर धर्मकर्ममा विश्वास राखी आस्थाको केन्द्र मान्नु हुन्छ । हिन्दु संस्कारमा हुर्केका सन्तान हौं र हिन्दु धर्म ग्रन्थमा उल्लेखित देवदेवी सबैलाई पूज्ने तरिका भिन्न भएपनी रुप एउटै भएको बताउनु हुन्छ ।

साक्षात मच्छिन्द्रनाथको मुर्ति भेटाएको त्यो क्षण र समाजेवी सकुना श्रेष्ठको सस्मरणमा त्यो दिन:
सकुना श्रेष्ठ अगाडी भन्नु हुन्छ, यस्तो कुरा भनिराख्नु पर्छ पनि नत्र देवीदेवताको महिमा कसैले जान्दैनन् जस्तो लाग्छ । म त्यतिबेला सानै ८ बर्षको बच्चा थिएँ । हाम्रो घर नजिकैको करेसाबारीमा तरकारी टिप्न जाँदा एक कुनामा रातो कपडाले बेह्रिएको एउटा मूर्तिलाई देखें, यसो उठाएर हेर्दा पूजाआजा गरिएको देवताकै मूर्ति जस्तै लाग्यो, अलिक डर पनि लाग्यो, तैपनि बोकेर घरमा लगेर आमालाई देखाएँ, आमाले एक्कासी यो त बुग्द्येउ (मच्छिन्द्रनाथ) हो त हराएको थियो भन्नु भयो । मलाई अचम्म लाग्यो, देउता पनि हराउँछ र भन्ने कौतुहल लागेको थियो । तर त्यतीबेला म आठ बर्षको मात्र भएको कारणले गर्दा हरेक कुरामा राम्रो विश्लेषण गर्न सक्ने अवस्था र क्षमताको विकास भएको थिएन
अनि आमाले नजिकैको भद्र भलाद्मी स्थानीय व्यक्तिहरुलाई देखाउने क्रममा करुणा माई (बुग्द्येउ) कै मूर्ति फिर्ता आएको भन्ने एकिन भईसकेपछी धुई धुई होहल्ला भयो । त्यतीखेर भन्नेहरूले अनेकौं अडकल नकाटे पनी होईन तर अहिले त्यतातिर नजाउँ र यसरी सोही साक्षात भगवानको मूर्ति नै हो भनेर प्रमाणित भएपछि सो भगवानको मुर्तिलाई पुजारी बुद्ध रत्न तुलाधर (बौद्धे बाजे) लाई बोलाएर पूनः स्थापना गरेर पूजाआजा गर्न लगाएको स्मरण मेरो मानस पटलमा त्यो क्षण, त्यो दिन अझै ताजा रहेको छ । यसरी मच्छिन्द्रनाथको देवता साक्षात भएको कारणले गर्दा नै आजसम्म प्राचिन शहर दोलखामा मच्छिन्द्रनाथको रथजात्रा पर्वको रुपमा मनाउन पाईरहेको बताउनु हुर्दै खुसी व्यक्त गर्नु हुन्छ । यसको संरक्षणको लागि हामी सवै लाग्नु पर्छ जसको लागि स्थानिय निकाय लगायत दोलखावासीहरुमा आग्रह र अनुरोध गर्नु हुन्छ ।

०६५ सालको मच्छिन्द्रनाथको रथजात्रामा बरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथ दोलखामा

आस्था अनी विश्वासको प्रतिक दोलखा साक्षात मच्छिन्द्रनाथ:
माइतीघर दोलखा शहर भित्रको साक्षात् भगवान भीमेश्वर भगवान विश्वमा रहनु सवै भक्तजनहरुले आजको दिनमा हृ्दयमा राखेर हिड्नुका साथै आफु पनी आस्था राखी विश्वास राख्नु हुन्छ । यस्तै गरी समाजसेवी श्रेष्ठले आफ्नो मन मस्तिष्कमा करुणामाई मच्छिन्द्र नाथलाई अहोरात्र पूजाआजा गर्नु हुन्छ । जुन करुणामाईको अहिलेसम्म पनी ऋणि बनेकी छु भन्ने उहाँको भनाई रहेको छ । साक्षात् देवीमाको कृपाले आज समाजमा भए रहेका दिनदुःखीहरुको सेवा गर्न सक्षम र सफल भएकोमा गर्भ गर्नु हुन्छ । धर्म र देवता कुनलाई कसरी मान्ने भन्दा पनी हामीले पुजिने तरिका फरक होला तर रुप एउटै छ । त्यही कुरामा उहाँले विश्वास गर्नु हुन्छ । आस्था र विश्वासका कारण नै आज आफु र आफ्नो परिवारलाई राम्रो भएकोले नै दिनदुःखीहरुको सहयोग गर्न सक्षम भएकोमा गौरव गर्नु हुन्छ ।

यस बर्ष मच्छिन्द्रनाथको रथजात्रा :
यही बैशाख ३ गते दुधमा स्नान, ४ गते भीमेश्वर नगरपालीका वडा नं. २ ड्वाकुलुङाबाट वडा नं.२ स्थित पिङ्गल टोलमा रथमा हाल्ने, ५ गते पिङ्गल टोलबाट नक्छे टोलमा तान्ने, ६ गते नक्छे टोलबाट श्यामसुन्दर टोलमा तान्ने, हिजो बैशाख ७ गते श्यामसुन्दर टोलबाट टँसिचा टोलमा तान्ने, आज ८ गते टँसिचाटोलबाट रास्नीको ६० डिग्रीको उकालो हुर्दै माथिल्लो टोलमा तान्ने दिनको सस्मरणमा समाजसेवी एवं समकालिन एकता समाज नेपालका अध्यक्ष सकुना श्रेष्ठ मलेकु यस दिनलाई विशेष दिनको रुपमा लिनु हुन्छ ।

कोभिड १९ को संक्रमण अझैपनी राम्रो संग नियन्त्रण भई नसकेकोले उपस्थिती सम्पूर्ण भक्तजन नेपाली दाजभाई दिदीबहीनीहरुलाई सुरक्षित हुर्दै सक्रिय सहभागी भई पर्व सम्पन्न गर्नु हुन पनी आग्रह सहीत अनुरोध गर्नु भएको छ ।
यसै गरी भोली बैशाख ९ गते माथिल्लो टोलबाट दुङ्गल टोलमा तान्ने, १० गते दुङ्गल टोलबाट पिङ्गल टोलमा तान्ने ११ गते पिङ्गलटोलबाट फेरी डोकलुङ्गा टोलमा रथमा राखी भि¥याउने छ ।

२०७५ सालको मच्छिन्द्रनाथको रथजात्रामा समकालिन साथी रविना श्रेष्ठ र दोलखावासी दिदिबहिनीको साथमा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार