आइतबार परेको असिनापानीले पोखरामा करोडौं रुपैयाँ बराबरको कृषिजन्य उत्पादन र वस्तु नष्ट भएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका अनुसार असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको हो ।
महाशाखाले पोखरा महानगरपालिकाका ९, ११, १३ र १८ वटामा सबैभन्दा धेरै क्षति भएको जनाएको छ । यस्तै, यी वडाबाहेक अन्य वडामा समेत क्षति भएको महाशाखाले जानकारी दिएको छ । ती वडामा लगाइएका तरकारी, नगदे वाली, फलफूल र तोरी तथा आलु लगायतका कृषिजन्य उत्पादन नष्ट भएको छ । यस्तै, तरकारी खेतीका लागि लगाइएका टनेल समेत असिनाले भत्काएको महाशाखाले जनाएको छ ।
यसै गरी, असिनाले कुटेर पोखरा महानगरका वडा नम्बर ११ का कृषक फलमान गुरुङको दुई वटा भैँसी समेत मरेको जनाइएको छ । पोखराका ३८ वडामध्ये २ हजार १८१ हेक्टर क्षेत्रफलमा कृषि खेती हुँदै आएको छ । आइतबार परेको असिनापानीले सडक अवरुद्ध गरेपछि त्यसलाई हटाउन डोजरको प्रयोग गर्नुपरेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij