बाँपीझ्याला, काठमाण्डौं । चालु आर्थिक वर्षको ६ महिनामा ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको हो । मुलुकमा यो वर्ष धान उत्पादन घट्दा ठूलो परिणाममा खाद्यान्न आयात भएको हो ।
४२ अर्बको खाद्यान्न आयात हुँदा २७ अर्बको चामल आयात भएको विभागको तथ्यांक छ । यस्तै, ६ महिनामा मुलुकमा २२ अर्ब ५१ करोड रुपैयाँको तरकारी र १२ अर्ब आठ करोड रुपैयाँको फलफूल आयात गरेको छ ।
त्यसैगरी ७८ अर्ब रुपैयाँको घिउ, तेल र पशुपक्षीजन्य वस्तु आयात भएको छ । पाँच अर्ब रुपैयाँको चिया, कफी, चार अर्ब ९५ करोड रुपैयाँको चिनी, १५ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ चाहिने कच्चा पदार्थ र झन्डै दुई अर्ब रुपैयाँको पेय पदार्थ आयात भएको विभागले जनाएको छ ।
यस्तै ४० अर्ब रुपैयाँको औषधी र कच्चा पदार्थ, १० अर्ब रुपैयाँको बिउबिजन, ३६ अर्ब रुपैयाँको प्लास्टिकलगायतका वस्तु आयात भएको छ ।
भारत, चीन, मलेसिया, फिलिपिन्स, ताइवान, कोरिया, इन्डोनेसियालगायतका देशबाट २६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको चामल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।
६ महिनामा नेपालले नौ खर्ब ९९ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यस्तै एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij