Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दूध पोखरी दोलखामा फल्यो १४ किलोको मुला !

दूध पोखरी दोलखामा फल्यो १४ किलोको मुला !

बाँपीझ्याला, दोलखा । गरे के हुँदैन रहेछ भन्ने कुरा आफ्नै बारीमा १४ किलो तौलको मुला फलाएर दोलखा शैलुङ गाउँपालिका वडा नं. १ दूधपोखरी ठेकला घ्यूमा बस्ने किसान पदमबहादुर घिसिङले सबैलाई उत्साहजनक आश्चर्यमा पारेका छन् । पदमबहादुरले उत्पादन गरेको मुलाको बारेमा यताउता हल्ला सुन्ने बित्तिकै सो मुला हेर्न स्थानीयवासी उनको घर आँगन बारीमा पुगेका थिए । सो कुराको जानकारी पाएपछि सोही गाउँपालिकाका अध्यक्ष भरत दुलालले किसान पदमबहादुरलाई गाउँपालिकाको कार्यालयमै बोलाएर उन्नत खेती गर्न सफल भएकोमा खुशीले प्रफुल्ल भएर उनलाई सम्मान गर्दै ७ हजार रूपैयाँ पुरस्कार दिएका हुन् ।
    

पदमबहादुर शैलुङ गाउँमा आलु उत्पादकका रूपमा चर्चित हुन् । कृषि उत्पादनबारे विशेष ज्ञान र अनुभव भएको पदमबहादुर घिसिङले विभिन्न तरकारी उत्पादन गरेर काठमाडौंमा पठाउने र ठाउँठाउँमा खुद्रा तथा थोक विक्रेतालाई समेत व्यापार गर्न पठाउने र आफू स्वयंले पनि थोक व्यापार गरेर बसेका हुन् ।
   

यसै सन्दर्भमा कृषिलाई उर्वरता र उत्पादनमूलक बनाउनको लागि विभिन्न जातका तरकारी खेती गर्ने क्रममा यो साल लान्के जातको मुला खेती गरेका हुन् । गाउँलेहरु पनि निकै उत्साहित भएर सो मुला हेर्न जाने क्रममा सबैले बधाई तथा शुभकामना दिएका थिए भने पदमबहादुरलाई सोही मुला काँधमा बोकाएर मुला प्रदर्शन पनि गरिएको छ ।

पदम घिसिङले तरकारी खेती मात्रै होइन उनले वस्तुभाउ पनि पालेका छन् , सोही अनुसार आफूले पालेका भैंसी बाख्राकै मललाई सदुपयोग गरेर अर्गानिक उत्पादन गर्न सफल भएका हुन् । यसै सन्दर्भमा मुला यति ठूलो कसरी उत्पादन भयो त भन्ने जिज्ञासामा पदमबहादुरले भने कि… " सबैभन्दा ठूलो कुरा मेहनत हो, त्यसपछि हेरविचार अनि तरिका पनि जान्न सक्नुपर्छ । सँधैभरि यही आलुबारीमा मुला रोप्ने गरेको हो, यसरी फलेको थिएन, तर यसपालि यति ठूलो मुला फलेकोमा म खुशी छु, मलाई माया र सद्भाव राख्ने छिमेकी र मलाई सम्मान गर्ने गाउँपालिकाका अध्यक्ष लगायत सबै प्रति आभारी रहें…" ।
 

राज्यले अर्गानिक खेतीपाती गर्न गराउनको लागि कृषिक्षेत्रलाई प्राथमिकता दिएर उत्पादनमूलक बनाउन नीतिकार्यक्रम ल्याउन लागिरहेका बेलामा आधुनिक रासायनिक मल बिना नै वस्तुभाउको मलबाट नै अाकर्षक र उत्पादनमूलक तरकारी खेतीको विकास हुनु नै कृषि विशेषज्ञहरूका लागि चूनौति हो भन्ने कुरा छर्लङ्ग भएको छ । लगनशील र कडा परिश्रम अनि धैर्यताको पाठ आम कृषकले सिक्नुपर्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार