Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

तिन गजल

तिन गजल

गजल १


मन हो कहिले हावामा उड्न खोज्छ,

मन हो कहिले भावमा डुब्न खोज्छ ।

गाडीको ती गति जस्तै कहिले तीव्र भै,

मन हो कहिले आडमा झुक्न खोज्छ ।

फूल झैं सुवास दिंदै फक्रिन खोज्दा,

मन हो कहिले रापमा दुख्न खोज्छ ।

जीवनमा माया अपरिहार्यता त नै हो,

मन हो कहिले घातमा फुट्न खोज्छ ।

प्रेममा शंका गर्नु भन्छन् गलत हो अरे,

मन हो कहिले -सोचमा कुद्न खोज्छ ।

गजल -२

………

हरेक साँझमा जून उदाए जस्तै,

हर बिहानी शीत टल्काए जस्तै ।

देखिन्छ सुन्दर हृदयको छायाँ,

हर मन्दिरमा फूल चढाए जस्तै ।

मनमा रुप जब छाउँछ कसैको,

हर कदममा बल लगाए जस्तै ।

हुनसक्छ यसमा प्रेम आभास.

नजरले हेरि दिल छुवाए जस्तै ।

अदृश्य जब हुन्छ कुनैपनि बेला,

विचलित हुन्छ मुटु चुँडाए जस्तै ।

   गजल - ३             

जनताको मन जित्नु छ त आफू नहार्ने गरि बोल,

जनमतको मत लिनु छ त जन नबाँड्ने गरि बोल ।

खोला पनि बग्दैन एकनासले साउन नै भए पनि,

लोकको सामु टिक्नु छ त क्रोध नपाक्ने गरि बोल ।

फूल त्यसै झर्दैन अकश्मात् हिउँदको हूरी नआए,

देउताको फल मिल्नु छ पाk नढाल्ने गरि बोल ।

संकट टर्दैन कतैबाट जब साँढेसाते दशा नै लागे,

इज्जत सित मर्नु छ आफन्त नभाँच्ने गरि बोल ।

-बालकृष्ण पासा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार