बाँपीझ्याला, काठमाण्डौं । चालू आर्थिक बर्ष २०७८/७९ को तीन महिनामा साढे छ अर्ब बराबरको चाडपर्व लक्षित सामग्री आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार छ अर्व ५२ करोड एक लाख पाँच हजार ४९१ बराबरको दशैं,तिहार,छठ,क्रिसमस र माघी लक्षित नरिवल,काजु,बदाम अलमण्ड,ओदर पिस्ता ,सुपारी,तास,अंजिर,भुईकटर,केरा,खजुर,क्रिसमसका रुखमा बालिने झालरी लगाएतका समाग्री विभिन्न देशबाट आयात भएको हो ।
विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले दिएकाे जानकारी अनुसार चालू आ.वको तीन महिनामै सो रकम बराबरको सामग्री आयात भएको छ । जुन गत अघिल्लो आ.वको तुलनामा झण्डै दोब्बर हो ।
गत आ.वमा विभिन्न देशहरुबाट तीन अर्ब ५७ करोड १० लाख ६७ हजार ८८२ बराबरको सामग्री आयात भएको थियो । गत बर्ष कोरोना संक्रमणको जोखिम कायम रहेकाले धेरै मानिसले चाडपर्व उल्लासका साथ नमनाएकाले आयात कम भएको विभागका सूचना अधिकारी खड्काले बताउनुभएको छ ।
यसपाली भने कोरोना संक्रमण केही कम भएकाले पनि आयातमा वृद्वि भएको उहाँको भनाइ छ । ‘अघिल्लो वर्ष कोरोनाको डरले चाडबाडमा त्यति उत्साह नभएकाले आयातमा पनि कमी भएको हो ।तर, यो वर्ष कोरानाको जोखिम कम भएकाले पनि मानिसले चाडबाट राम्रैसँग मनाउने देखिएकाले पनि बढी रकमको आयात भएको देखिएको हो,’खड्काले भन्नुभयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij