नेपाल सम्वत् ११४५ यंलागा १४ (४ असोज, २०८२, २० सेप्टेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ ।
दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ । खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दशै नजिकिएको महसुस गर्न सकिन्छ । यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ ।
दशैंको पूर्वसन्ध्यामा नै ललितपुरको पाटन, मंगलबजारलगायतका व्यापारिक केन्द्रहरुमा चंगा बेच्न भ्याइनभ्याइ छ । विगतका वर्षहरुको तुलनामा यस वर्ष चंगाको व्यापार बढेको व्यवसायी बताउँछन् । बिहानदेखि साँझसम्म उपत्यकाका हरेक चंगा पसलमा ग्राहकको भीड लाग्न थालेको देखिन्छ ।
उनले भने,‘हाम्रो पसलमा चाँही बजारमा रहेका प्रायः सबै चंगाहरु पाइन्छ । बर्षाका कारण ग्राहकहरु कम आएपनि चलहपहल बढेको छ । विगतका बर्षहरुमा व्यापार कम भइसकेको भएपनि कोरोनापछि फेरि व्यापार फस्टाएको छ । क्राउड जमेको छ । राम्रो भइरहेको छ ।’
त्यस्तै उनले चंगाको विषयमा अनविज्ञ रहेकाहरु पनि चंगा किन्न आउने गरेको भन्दै पछिल्लो समय चंगा उडाउन सिक्न चाहनेहरुको संख्यामा पनि वृद्धि भएको धारणा राखे ।
‘अहिले त जसलाई चंगाको बारेमा थाहा पनि छैन्,उडाउने कसरी भन्ने पनि थाहा छैन । उहाँहरुले पनि किन्न आउनुहुन्छ । पहिला–पहिला चंगा धेरै उडाउने गरिन्थ्यो । तर अहिलेको मानिसहरुले पनि सिक्न रहर गरिरहनुभएको छ ।’
उनको पसलमा अटोमेटिक लट्याइदेखि विभिन्न किसिमका चंगाहरु पाइन्छन् ।
अटोमेटिक लट्याईको मूल्य पहिला २५ सय रहेकामा अहिले घटेर दुई हजार मूल्यमा आएको उनले जानकारी दिए । उनको अनुसार चंगाको मूल्य १० देखि १५० सम्म छ । चाइनिज चंगाहरुको १०० देखि ७०० रुपैंयाँसम्म मूल्य पर्छ । कुनै चंगा नेपालमा नै तयार गरिन्छभने भारत चीनलगायतका देशबाट पनि आयात गरिन्छ ।
उनले भने,‘अटोमेटिक लट्याईहरु आउनु राम्रो त होइन तर बजारमा माग भएअनुसार सबै किसिमका चंगाहरु ल्याइदिन्छौं । अटोमेटिक लट्याईको मूल्य पहिला २५ सय थियो अहिले घटेर आएको छ । दुई हजार रुपैयाँ छ ।
चंगाको मूल्य १० देखि १५० सम्म छ । चाइनिज चंगाहरुको १०० देखि ७०० सम्मको छ । केही चंगा नेपालमै पनि बन्छन्, कुनै भारतबाट आउँछन् । केही चीनबाट ल्याउँछौं । भारतीय लट्याइ भनेको चाँही काम चलाउ हुन्छ । उडाउन लायक पनि हुँदैन् । प्राय: नेपाली लट्याइमा नै उडाइन्छ ।’
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij