बाँपीझ्याला, म्याग्दी । बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक भाइटीका लगाएका छन् । ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरेको हो ।
तिहारका अनाथ बालबालिकाहरू निराश नबनुन् भनेर सामूहिक भाइटीका कार्यक्रम गरेको संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताए । यहाँ हाल ११ बालबालिका आश्रित छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहले अभिभावकबिहीन बालबालिकालाई आश्रयसहित माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।
सङ्गठनका अध्यक्ष राजेश शाक्यले भाइटीका आयोजना गर्न पूजासामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गरिदिएकोमा ‘उई केयर एण्ड लभ’ लाई धन्यवाद दिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij