Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दिदीबहीनीहरु नहुने दाजुभाईहरुलाई काठमाण्डौं जमल स्थित सामूहिक भाईटिका

दिदीबहीनीहरु नहुने दाजुभाईहरुलाई काठमाण्डौं जमल स्थित सामूहिक भाईटिका

बाँपीझ्याला, काठमाण्डौं । आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका किंजपूजा हो । कार्तिक शुक्ल द्वितीया तिथिका दिन आफ्नो दाजुभाईलाई भाईटिका गरी भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ ।

सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी बहिनीको हातबाट टीका तथा उपहार लिएको र आशिर्वाद दिएको कथन छ । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको जनविश्वास रहिआएको छ ।

यसै गरी आफ्नो दिदीबहीनीहरु नहुने दाजुभाईहरुलाई काठमाण्डौं जमल स्थित रानीपोखरीमा सामूहिक भाईटिका गर्ने परम्परा रही आएको छ । आजपनी बिहानैदेखि काठमाडौँको रानीपोखरीमा भाइटीका सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार