Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

तिहारको चौथो दिन चार किसिमको पर्व दोलखा विशेष

तिहारको चौथो दिन चार किसिमको पर्व दोलखा विशेष

विक्रम सम्वतको अन्योल तिथिले कहिले २ दिन र कहिले १ दिन पनि नहुने ग्रह, नक्षत्र, राहु, केतु, शनि र क्षयमास र अधिकमास जस्तो वैदिक र ज्योतिर्विद्हरूको प्रतिस्पर्धी पात्रोले जे जस्तो देखाए पनि सामान्यतया ३० दिनको१ महिना र २४ घण्टाको १दिन रात भनेर हामीले जान्दै आएकाछौं । हामीले यो पनि जानेका छौ कि हरेक पूर्व उज्यालोबाट दिनको शुरूआात हुन्छ र संध्याकालीन अवस्थाले रातको संकेत गर्छ ।

यसबेला सारा प्राणीहरूले उठ्ने सुत्ने समयको ख्याल गरेरै दिनचर्या बिताईरहेको हुन्छ, शायद यसै प्रकृतिलाई नै जिन्दगी नाम दिएको हुन्छ । हाम्रो जिन्दगी चल्छ चल्छ र एकदिन नचल्ने गरि रोकिन्छ । तर समय निरन्तर चलिरहन्छ, घडीको सुई जतिसुकै घुमेपनि त्यही १२ मै पुग्छ मध्यदिन बताउँछ र अब दिन ढल्क्यो साँझपर्छ र रातहुन्छ , फेरि घुमेर १२ मै पुग्छ र मध्यरातको सूचना दिन्छ पछि बिहानको संकेत दिन्छ, यो प्रकृतिको वास्तविक यथार्थ नियम हो ।

चन्द्रमा हरेक अौंसि पछि सानो हँसियापाते हुँदै पूर्णिमाको दिनमा सिङ्गै झुल्किन्छ पून भोलिपल्टदेखि सानो हुँदै जान्छ । अौंसीको रातमा हराउँछ, तर सूर्य न कहिले घट्छ,नबढ्छ । सूर्य एकाकार छ, एक तेजस्वी छ, दिन जताएर प्राणीलाई जीवन दिएको छ ।

यी कुरा किन खोतलेर देखाउन खोजिएको हो भने । अनेकौं बुद्दिजीवि पण्डितहरूले अनेकौं मन्त्र साधना गरेर १२ राशि, ७ नक्षत्र र ९ ग्रहलाई समेटेर तिथिलाई बढुवा घटुवा देखाईए पनि नेवार बज्राचार्य, गुरुवाचार्यहरूले बनाएको पञ्चाङ्ग र आचार्य, उपाध्यायहरूले बनाएको पात्रोमा विविधता किन आउँछ ? र यो विवाद नेपालमा मात्रै किन ? यति ठूलो सातवटा महादेशमा अरूकुनै महादेशमा यी तिथिमिति दिन ग्रह, शान्ति आदिको चर्चा त्यत्ति सुनिन्दैन ।

तर एसिया महादेशका भारत र नेपालमा मात्रै पात्रो र क्यालेण्डरमा तिथिहरूको बाझाबाझ बुझि नसक्नु छ ।
यस वर्ष पनि एकदिनको तिथि तलमाथि परिएपनि कुक्कुर तिहार, कागतिहार, एकै दिन मनाए पनि गोरू तिहार,गोबर्धन पूजा, नेपाल सम्वत् र म्हपूजा चाहिँ एकैदिन परेकोले यस वर्ष आजको दिन अर्थात् ने.सं. ११४२ कछलाथ्व परेवा तिथि बिहीवारको दिन ती चारै नामको पर्व मनाईन्छ, ब्राह्मण क्षेत्रीय वर्गकाले गोरूपूजा गरेर गोरू तिहार मनाउदै आएका छन् ।

नेपाल कृषिप्रधान देश त्यसमा पनि अधिकांश नेपालीहरूले घर गोठमै गाईवस्तु पालेर विभिन्न माध्यमबाट गाई र गोरूबाट फाईदा लिएकै छन्। त्यसैले पनि लक्ष्मीपूजाको दिन गाईतिहार र गोबर्धन पूजाकोदिन गोरूतिहार मनाउदै आएका छन् ।

यमपञ्चकको चौथो दिन आज:
दोलखामा भने गोरू र गाई पूजा भनेर अलग छुट्याउने प्रचलन थिएन, तर समय संगसगै रीवाजमा पनि परिवर्तन हुँदै आएको छ ।
दोलखामा चाहिं खासै भन्नुपर्दा 'म्ह:पूजा' लाई 'म्व पूजा' भन्ने गरिन्छ । मानवी जीवनमा मानवीय शरीरले धेरै बोझ खपेर काम गरेको हुन्छ यस्तो अबस्थामा यो शरीरलाई पनि ५ ईन्द्रियहरूको देवताको रूपमा आफ्नै शरीरलाई पूजा गरेर दुख, रोग, शोकलाई टाढा भगाउने हिसाबले गरिएको एक रीतलाई म्ह पूजा भनिन्छ, नेपालभाषामा ' म्ह' भनेको शरीर हो ।

'म्ह' पूजा गरिने घरको बुइँगल, कोठा जहाँ भएपनि स्वस्तिक चिन्हको मण्डला बनाएर, बिमिरो, कटुस्, अोखर, जनैमाला, फूलमाला राखेर आफ्नै घर या टोल समाजको मूल नाइके या नाइकेनीद्वारा गणेश कुमारलाई पूजा गरि गराएर शिव, भीम र लक्ष्मीलाई आराधना गरेर स्वयम् आफैलाई पूजा गरिन्छ ।

यही रीतलाई उपत्याकाका नेवारहरुले अझै रोमाञ्चक र उत्साह पूर्वक मनउने गर्छन् । आफ्ना जीवित सन्तान परदेश या विदेशमा छन् भने उनीहरूलाई समेत भाग राखेर पूजा गर्ने चलन अद्यपि छँदैछ ।

तिहार चाडलाई दोलखाली भाषामा 'तिवार' भनिन्छ । विगत ४/५ दशक अगाडि दोलखामा तिवारलाई जुवा, तास लङ्गुरबुर्जाको पर्व जत्तिकै मनाइन्थ्यो त्यतिबेला प्रशासनले पनि केही प्रतिवाद नगरेको देख्दा योबेला यस्तो गैरकानुनी कृयाकलाप पनि नियमित पर्व जत्तिकै लाग्थ्यो । सम्झँदा आश्चर्य लाग्छ, मैनटोल बालेर…' मार्रा…………पञ्जा… छक्का…'भन्ने आवाज कतै नसुनिए तिहार जस्तो लाग्दैनथ्यो ।
बुढापाका मात्रै नभएर किशोर किशोरी समेत तासमा '१७' भन्ने खेल खेल्थे । तर अबचाहिँ मानसिक रूपमा सबैमा चेतना जागेर आएछ, अदृश्य रूपमा खेलाईए पनि कानुनन छुट चाहिँ दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार