बाँपीझ्याला, काठमाण्डौं । जन्मघर दोलखा भई कर्मघर दोलखा आसपास, दोलखा भन्दा बाहिर बिहे भएर बस्नु भएका दोलखाली दिदीबहीनीहरुको छाता संस्था द्वाल्खा म्यासमुचा खलकले तिवार पर्वको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।
असाह्य, दुःखमा परेका आफ्नो संस्थाको सदस्यहरु र समाजमा रहेको दिनदुःखीहरुको सहयोगको लागि अक्षकोष स्थापना गरिरहेको र उक्त कोष बृद्धिको लागि दोलखाली दाजुभाई, दिदीबहीनीहरुको बिचमा यसपाली देउसी भैलो कार्यक्रमको आयोजना गरिएको छ भनी संस्थाका अध्यक्ष कलावती श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।
यसै गरी यस भैलो कार्यक्रमलाई सफल गराउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी भई सहयोग गरिरहनु भएका दोलखाली दाजुभाई दिदीबहीनीहरुलाई हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिएको व्यक्त गर्दछौं भनी संस्थाका सचिव यजु श्रेष्ठ र कोषाध्यक्ष पुष्पा जोशीले बताउनु भयो ।











केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij