Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

शखधर साख्वाःको सपना हामी पुरा गर्नेछौं : पुष्पकमल दहाल “प्रचण्ड”

शखधर साख्वाःको सपना हामी पुरा गर्नेछौं : पुष्पकमल दहाल “प्रचण्ड”

बालकृष्ण श्रेष्ठ “पासा”
बाँपीझ्याला, काठमाण्डौं ।
नेवाः स्वायत्त राज्य संग सम्बन्धित पक्षधर तमाम नेपालको मौलिक सम्वत् न्हु दँया ११४२ को उपलक्षमा नेवाः मुक्ति मोर्चाले आयोजना गरेको भिंतुना आदानप्रदान कार्यक्रम ललितपुर जिल्लाको महालक्ष्मी मन्दिर नजिकैको डिलाईट पार्टी प्यालेसमा सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” विशेष आतिथी कृषि तथा सिंचाई मन्त्री पम्फा भूषाल, भूमिव्यवस्था, गरीबी निवारण सहकारी विकास मंत्री शशी श्रेष्ठले गर्नुभएको उपस्थिती रहेको थियो ।

दिलिप महर्जनको सभापतीत्वमा सम्पन्न भएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि पुष्पकमल दाहाल “प्रचण्ड” ले पानसमा दिप प्रज्वलन गर्नु भएर नेपाल सम्वत् स्थापनाका संस्थापक एवम् प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्नु भएको थियो ।

कार्यक्रमका सभापति दिलिप महर्जनले नेवाः राज्य र नेवाः मुक्ति मोर्चाबारे सकारात्मक तर्कहरूसभालाई राष्ट्रीय विभूति शंखधर साख्वाःको करुणारूपी मनोचिन्तनको व्याख्या गर्नु हुर्दै वर्तमान भूमिव्यवस्था, गरीबी निवारण सहकारी मन्त्री शशि श्रेष्ठले शंखधर साख्वाः एक व्यक्तिले त्यो बेलामा यस नेपाल उपत्यकामा ऋणले त्राहिमाम हुने किसानहरूलाई ऋणमुक्त गरेर जुन दयाको काम गरेर सोही दिनबाट नेपाल सम्वत् भनेर पहिचान दिलाउनु भयो । यसकारण यही दिनबाट हामी सिङ्गो नेकपा माओवादी पार्टीबाट देशभरका किसान, मजदूरी, गरीबीहरूको लागि कल्याणकारी कदम चाल्ने प्रण गरौं भन्नुभयो ।

यसै गरी कार्यक्रमका प्रमुख आतिथी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी पार्टीहरूको मनगढन्ते भावभक्तिको खण्डन गर्नुहुँदै भन्नुभयो, जसले माओवादी अब सकियो, माओवादी मात्रै शब्दमा सिमित छ भनेर गर्धन फुलाएर सुनाउँदै हिँडेको छ । तर उनीहरु आफै सकिंदै सकिंदै त्यान्द्रोमा परिणत हुन अब समय लाग्नेछैन भन्नु हुर्दै आज हामी यस पार्टी प्यालेसमा उभिएर कसैलाई गाली गलौज गर्ने र अरूले झैं धारे हात लाएर श्राप दिन उपस्थिति जनाएका छैनौं ।

आज त नेपालको राष्ट्रीय सम्वत्का धरोहर, नेपाल भाषा मंका खलः उत्पादन गर्न प्रेरणा दिने महान् विचारका धनी अनि गरीबी किसानहरूको मर्म बुझ्ने दयावान् व्यक्तित्वलाई शखधर साख्वाः सम्झेर दुइटा हातले सलाम गर्दै उहाँका अझै अधुरा सपनाहरूलाई हामी पुरा गर्नेछौं भन्ने संकल्प गर्न यहाँ उपस्थित भएका छौं भन्नु भयो ।

अहिले गठबन्धन सरकारको राज्य चलिरहेको अवस्थामा पनि अझै नेपाल सम्वत्लाई कागजी कारोवारमा उतार्न हिचकिचाउने र मंत्रालयका कागजहरूमा नेपाल सम्वत् र विक्रम सम्वतको तालमेल गोलमाल गरेर हेरफेर हुन खोजेको कुरा सुनिनमा आएको छ । यस्तो नहोस् भन्ने आग्रहका साथ सबै नेपाल सम्बत ११४२ को सफलताको कामना गर्नुहुँदै शुभकामना व्यक्त गर्नुभयो ।

यसपछि अन्तमा सभापतीबाट कार्यक्रमको अन्त भएको घोषणा भएको जानकारी दिनु हुर्दै कार्यक्रमको व्यवस्थापन अनुसार सबैजना अतिथीहरुलाई तुच्चा कार्यक्रममा सहभागी गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार