बाँपीझ्याला, काठमाण्डौं । सामान्यतयाः चाडपर्वमा मिठाईजन्य पदार्थ अधिक प्रयोग गरिन्छ। उपभोक्तालाई आकर्षण गर्न रङ्गीचङ्गी बनाइएका जेरी, लड्डु, पेंडा, लालमोहन, लाखामरी, रसवरीलगायतका मिठाईहरू बिक्रीमा राखिन्छ। भिडभाड र हतारका बेला उपभोक्ताले गुणस्तरयुक्त र गुणस्तरहीन उपभोक्ताले छुट्ट्याउन सक्दैनन्।
यसैले अखाद्य रङ्ग मिसावट, बासी, म्याद नाघेका कच्चापदार्थ प्रयोग भएका मिष्ठान्न पो छ कि ? यो स्वास्थ्यका लागि कति स्वास्थ्यजनक छ भनेर पनि सजग हुन जरुरी छ। किनभने बजारमा चाडपर्वकै मौका छोपेर कतिपय व्यवसायीले म्याद नाघेका घ्यू, तेल, मसला र खान नमिल्ने रङ प्रयोग गरेको पाइएका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज १८ देखि २२ सम्म २ सय ४९ खाद्य बजार, खाद्य उद्योग, होटल रेष्टुराँ अनुगमन गरेको थियो। अनुगमनका क्रममा दूषित तथा म्याद समाप्त भएका खाद्य पदार्थ प्रशस्तै पाइएको विभागले जनाएको छ।
२ लाख ६० हजार रुपैयाँको उपभोग्य म्याद सकिएका तेल, मसला पदार्थ, दुग्ध पदार्थ, पेय पदार्थलहरू जफत तथा नष्ट गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।
दूषित जेरी बिक्री गरेको अभियोगमा वैशाख १४ गते कञ्चनपुरको मिलन होटलविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा नै दायर गरिएको छ। २०७७ साउन ५ गते काभ्रेको दुर्गा एन्ड चाट पसललाई समेत दूषित लड्डु बिक्री गरेको भन्दै मुद्दा हालिएको छ। २०७६ भदौमा बनेपाको आचार्य जलपान गृहलाई पनि दूषित लड्डु बेचेको अभियोगमा मुद्दा दायर गरिएको थियो।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij