बाँपीझ्याला, काठमाण्डौं । शुभ दीपावलीमा विजुलीको माग बढी हुने भए पनि ग्राहकका लागि पर्याप्त विजुली वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । औसत माग भन्दा तीन सय मेगावाट विद्युत जगेडा रहेकाले दीपावलीका बेला विजुली आपूर्तिमा कुनै पनि समस्या नहुने प्राधिकरणका प्रवक्ता सुरेसबहादुर भट्टराईले बताउनुभयो ।
पिक आवरमा १२ सय मेगावाट विद्युतको माग हुने गर्छ तर प्राधिकरणले १५ सय मेगावाट विद्युत सप्लाइ गर्न सक्ने क्षमता भएकाले विद्युत आपूर्तिमा कुनै पनि समस्या नहुने उहाँले बताउनुभयो । पर्याप्त विद्युत भएका कारण यस वर्ष विद्युत व्यवस्थापनका लागि कुनै पनि योजना नबनाएको प्राधिकरणले जनाएको छ । गत वर्षको तिहारको समयमा उच्चतम ११ सय २० मेगावाटसम्म विद्युत माग भएको प्राधिकरणको तथ्याङ्क छ ।
डिमान्डभन्दा सप्लाइमा विद्युत क्षमता बढी रहेकाले कुनैपनि अवस्थामा विजुली नजाने प्राधिकरणले जनाएको छ । तर प्रकृतिक समस्या र प्रशारण लाइनमा समस्या भएमात्र समस्या हुने तर नोलाइटको समुह २४ घण्टा तयारी अवस्थामा हुने भएकाले ग्राहकले अन्धकारमा बस्नु नपर्ने जनाएको छ ।
हाल रातको समयमा नौ सय मेगावाट न्यूनतम् र १२ सय मेगावाट पिकआवर (६–१० बजे) मा माग हुने गरेको छ । जडित क्षमता १६०० मेगावाट र माग भने १२ सय मेगावाट छ, थप चारसय मेगावाट विद्युतको व्यवस्थापन अझै हुन सकेको छैन ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij