Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दुइ कम्युनिस्टको शुभकामना आदानप्रदान कामनपा –२ लाजिम्पाटमा

दुइ कम्युनिस्टको शुभकामना आदानप्रदान कामनपा –२ लाजिम्पाटमा

बालकृष्ण श्रेष्ठ “पासा”
बाँपीझ्याला, काठमाण्डौं ।
बडा दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वलाई समेत समेटेर कामनपा वडा नं– २ लाजिम्पाटमा एकै समयमा दुइटा कम्युनिष्ट पार्टीले चियापान कार्यक्रम गरेका छन् । केही महिना पहिले झण्डै एउटै झण्डामुनि रहेका यी दुइ पार्टी हुन् नेकपा एमाले र नेकपा एकिकृत समाजवादी पार्टी ।

नेकपा एमालेको तर्फबाट कामनपा वडा नं–२ वडा कार्यालयले आयोजना गरेको हो उक्त चियापान कार्यक्रम सोही वडा नजिकैको नेपाली चू्ल्होमा गरिएको थियो । उक्त चियापान कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको थियो । सोही कार्यक्रममा साफ च्याम्पियन् खेलमा पुरस्कृत हुने खेलाडीलाई प्रमुख अतिथि ईश्वर पोखरेलले वडाको तर्फबाट सम्मान र बधाई स्वरूप रू.५०,०००÷– को चेक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । साथै त्यसै २ नं. वडाका राष्ट्रिय खेलमा विजयी हुने छात्राहरुलाई पनि बधाईका साथ प्रमाणपत्र वितरण गरिएको थियो ।

यसै गरी उक्त चियापान कार्यक्रममा उपस्थित हुने सबै आमन्त्रित महानुभावहरूलाई विजयादशमी, तिहार तथा छठपर्व उल्लासमय चाडपर्वको उपलक्षमा शुभकामना मन्तव्य दिनुहुँदै पूर्व उप प्रधानमन्त्री तथा रक्षा मन्त्री एवम् नेकपा एमालेका महासचिव पोखरेलले सम्पूर्ण वडाबासीको हरेक कार्यको लागि आफू सँधै तैयार रहेको र वडामा रहनुभएका जनप्रतिनिधिहरुले कुनै पनि कार्य गर्न पछि हट्ने छैनन् भन्ने धारणा राख्नुहुँदै चियापानमा समाहित हुन आग्रह गर्नुभएको थियो ।

करीब १५० जना जति सहभागी भएको उक्त चियापान कार्यक्रममा चिया र बिस्कुटको व्यवस्था गरिएको थियो ।सो चियापान कार्यक्रम सोचेभन्दा राम्रै संग भएको कुरा बताउनु हुँदै सोही वडाका वडाध्यक्ष राजेन्द्र श्रेष्ठले कार्यक्रममा आउनु भएका सबैलाई शुभकामना सहित धन्यवाद दिनुभएको थियो ।

त्यसैगरि नेकपा एकिकृत समाजवादी पार्टीले सोही वडाको नील सरस्वती मन्दिरमा दशैं विशेषको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो, वडाबासीहरुको विशेष उपस्थिति रहेको सो कार्यक्रममा केन्द्रीय नेतागणहरुको उपस्थिति भने देखिएको थिएन, कोभिडको संक्रमण पूर्ण रूपमा नियन्त्रण भैनसकेको अवस्थामा जन सहभागीता धेरै नगराउने भन्ने माथिल्लो तहको निर्णय अनुसार सामान्य रूपमा चियापानको आयोजना गरिएको भनेर सो कार्यक्रमका संयोजक एवम् कामनपा वडा न२ को नेएसमाजवादीका अध्यक्ष उदयराज कंसकारले बताउनु भएको छ ।

सो दुवै पार्टीको चियापान कार्यक्रममा सामुदायिक प्रहरी नील सरस्वती प्रहरी प्रभागले विशेष सुरक्षा सहयोग दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार