बाँपीझ्याला, काठमाण्डौं । स्मार्टफोन कम्पनी वन प्लसको एक फोनमा रहेको क्यामेराले कपडाभित्रको दृश्यसमेत खिच्न सक्छ । हाल भने उक्त स्मार्टफोनको एउटा विवादित क्यामेरा फिचरमाथि प्रतिबन्ध लागेको छ ।
मानिसले लगाएको कपडाभित्रको दृश्यसमेत खिच्न सक्ने भनिएको उक्त एक्सरे भिजन स्मार्टफोन क्यामेरालाई लिएर प्रयोगकर्ताहरुले व्यापक रुपमा चिन्ता व्यक्त गरेसँगै उक्त क्यामेरा फिचरमाथि कम्पनीले प्रतिबन्ध लगाएको थियो ।
वन प्लस फोनको क्यामेरामा रहेको फोटो क्रोम सेन्सर फिचरमाथि प्रतिबन्ध लगाइएको हो । उक्त क्यामेराले पातलो प्लास्टिक तथा कपडाले छोपिएको चिजको समेत फोटो युट्युबमा भाइरल भएको थियो । फोन निर्माता कम्पनीले नयाँ डिभाइसका लागि एक सफ्टवेयर अपडेट जारी गरेपछि उक्त अपडेटसँगै यो फिचरभने बन्द भएको छ । यस अपडेट अगाडि नै केही युट्युब प्रयोगकर्ताले सो क्यामेराबाट तस्बिर खिचेर सोसल मिडियामा शेयर गरिसकेका थिए ।
युट्युब तथा फेसबुकमा सेयर गरेको उक्त फोटो भाइरल भएपछि कतिपय प्रयोगकर्ताले यसबारेमा चिन्ता व्यक्त गरेपछि वनप्लसको यो फिचर विवादित भएको थियो । सो लगत्तै कम्पनीले नयाँ अपडेट गरेर यस फिचरलाई बन्द गरेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij