Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

बिम्ब–प्रतिबिम्ब गाईजात्रा साँखु

बिम्ब–प्रतिबिम्ब गाईजात्रा साँखु

बिके श्रेष्ठ अभयपुरे “पासा”
स्वस्थानी व्रतकथामा चर्चित लावण्य देश भनेपनि शंख आकारमा देखिने भएकोले शंखरापुर भनेपनि सबैलाई स्पष्ट थाहा भएको लोकप्रिय नाम हो साँखु । जुन ठाउँको पौराणिक नाम शंखरापुरकै नामबाट यस क्षेत्रमा रहेको नगरपालिकाको नाम नै शंखरापुर रहन गएको छ । यसै नगरपालिकाले विगतका गाउँपालिकाहरुलाई समेटेर सिङ्गो नगरपालिका बनाईएको छ । मुख्यतया साँखु नगरभित्र रहेका महादेवथान, साल्खा, सुनटोल, पुखुलाछि, भौध्वाखा, धुँला र ईपा टोल नै प्रमुख टोलहरु हुन् । यस नगरभित्र झण्डै ९८% प्रतिशत नेवार जातीयताकै बसोबास र बाहुल्यता रहेको यस नगरभित्रको प्रमुख चाड बज्रयोगिनी माताको रथयात्रा हो जुन बैशाख महिनामा लाग्छ भने मेलाको रुपमा माघ महिनामा हुने स्वस्थानी मेला हो ।

साँखुमा मनाइने अर्को विशेष चाड नै गाईजात्रा हो, यसलाई “गुँला” पर्व पनि भनिन्छ, जुन । यो चाडको सन्दर्भमा बिचार गरेर हेर्दा मल्लकालीन सभ्यताको मल्ल राजा प्रताप मल्लकी रानीको प्रसंग जोडिएको कथन भएपनि साँखु शंखरापुरमा गाईजात्राको शुरुआत लिच्छविकाल देखि नै भएको हुनुपर्छ भन्नेकुरा बज्रयोगिनी मन्दिरमा रहेको अनेकौं शिलास्तम्भ र मन्दिरको प्रमाणीकरण हेर्दा स्थापनाकालदेखि भएको हुनुपर्छ ।

अहिले जुन मृतकको सम्झनामा मृतकको मृतात्माले चीर शान्तिको लागि प्रार्थना गरिएको तात्पर्य जनाएर जुन तरिकाले घरघरबाट कतै जोगीको भेष धारण गरेर कतै गाईको प्रतिरुप मुकुण्डो लगाएर र कतैै गाईलाई नै श्रृङ्गार गरेर बजार परिक्रमा गरेर मन शान्तिको रीतिरिवाज चलाउने गरेका छन्, यो प्रकृया चाहिँ मल्ल राजा प्रताप मल्ललाई आधार मानेर गरिएको हुनसक्छ । नेपालमा जतिपनि साँस्कृतिक सम्पदा र संस्कृतिको परम्परा देखिन्छ ती कुराहरुलाई मध्यनजर राख्दा मल्कालीन सभ्यताबाट नै शुरुआत भएको भन्ने कुरालाई नकार्न सकिन्न ।

जस्तो कि पाटनको कृष्ण मन्दिर सिद्धि नरसिंह मल्ल, भक्तपुरका राजा भूपतिन्द्र मल्लले न्यातपोल मन्दिर जस्तो प्रसिद्ध मन्दिर बनाएको देख्दा इतिहासलाई गलत मान्न सकिन्न । यसरी नेवार वंशावलीमा अधिकांश राजाहरूमा नेवारहरुकै राज्य सत्तामा धेरै संस्कृति र परम्पराको थालनी भएको देखिन्छ ।

अब साँखु शंखरापुरको गाईजात्रा विशेषतर्फ लागौं । साँखु नगर भित्र रहेको ८ वटा टोलमा ९ दिनसम्म मनाइने यो चाडलाई ’ गुन्हुला नखः’ पछि आएर ’गुँला’ मा परिणत भएको हो । नेपालभाषामा ’ गुन्हु’ भनेको ९ दिन र ’ला’ भनेको महिना हो । यो नेपाल भाषाको महिना साउन शुक्लपक्ष देखि भाद्र शुक्लपक्षको समयलाई एक महिनाको हिसाबले हेर्ने गरेको र यो अवधिमा यही ९ दिन जात्रा मानिने भएकोले यस जात्राको नाम नै ’गुँला जात्रा’ भनिएको हो ।

साँखुमा आजको जात्रालाई ’सापारु’ को नामले मनाइन्छ भने भोलि ’ घिन्ताङ किसि’ को नामले मनाइँदैछ, त्यसैगिर ८ दिनसम्म प्रत्येक टोलले आआफ्नै रीतिरिवाज अनुसारको जात्रा निकाल्ने परम्परा छ, पञ्चमीको दिन नरसिंह नृत्य र अन्तिम दिन कृष्ण अष्टमीको दिनमा रोपाइँ जात्रा निकालिन्छ, यस बीचमा कसाइ वर्ग, ज्यापू वर्ग र अन्य थरका स्थानीयले भिन्नभिन्नै जात्रा निकालेर मनोरञ्जनको साथै परम्परालाई निरन्तरता दिंदै आएको छ ।
यस समाचारलाई साँखु निवासी साहित्यकार एवम् संस्कृतविद् प्रकाश मान सक्व प्रति विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दछौं ।

–बाँपिझ्याला अनलाइन प्रतिनिधि
बालकृष्ण श्रेष्ठ “पासा“

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार