बाँपीझ्याला, काठमाडौं । नेपाल टेलिकमले आफ्नो सर्भरमा ह्याकर समूहद्वारा आक्रमण नभएको स्पष्टिकरण दिएको छ । टेलिकमको सर्भर ह्याक भएर टेलिकमको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भनी असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि टेलिकमले यस्तो स्पष्टिकरण दिएको हो ।
टेलिकमका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात टेलिकमको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको टेलिकमले जानकारी दिएको छ ।
टेलिकमका अनुसार डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी टेलिकमले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो ।
ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको समेत बताएको छ । आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि टेलिकम प्रतिबद्ध रहेको जानकारी दिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij