टंक प्रसाद सापकोटा
अचाने भञ्ज्याङ गा.वि.स. वडा नं. –६, धादिङ, हाल नागार्जुन न.पा. वडा नं. १ सनराईज हाईट, रानीवन
धादिङ जिल्ला अचाने भञ्ज्याङ गा.वि.स. वडा नं. –६ डाँडागाउँमा विक्रम सम्वत् १९८५ मा बा स्वर्गिय धर्मदत्त सापकोटा र आमा स्वर्गिय गंगामाई सापकोटाको कोखबाट जन्मनु भएका जेठा छोरा बर्ष ९२ को टंक प्रसाद सापकोटा हुनु हुन्छ । १४ बर्षको उमेरमा ललितादेवी संग बैबाहिक सम्वन्धमा बाँधिन्नु भएका सापकाटोज्युको छोरा राम प्रसाद सापकोटा बुहारी बिन्दा सापकोटा र ४ छोरीहरु जेठी रुकमणी सापकोटा रिमाल, माईली सत्यदेवी सापकोटा ढकाल, साईली चन्द्रकला सापकोटा रिमाल र कान्छी गिता कुमारी सापकोटा सिमखडा हुनु हुन्छ । स्थायी घर धादिङ भएपनी हाल नागार्जुन नगरपालीका वडा नं. –१, सनराईज हाईट रानीवनमा छोरा राम प्रसाद सापकोटाको साथमा हुनु हुन्छ ।

साधारण लेख पढ भएको बताउनु हुने जेष्ठ नागरिक सापकोटाज्युले आफ्नो दिन चर्चा यसरी सुनाउनु हुन्छ । छोरा बुहारी र छोरीहरुको विशेष सहयोगमा सातदिने पुरान, ३ पल्ट चौरायसी, सैया दान दिएको र आफु सहित श्रीमती गगांमाई सापकोटा कासि गएको स्मरण गर्नु हुन्छ ।
यसै गरी उहिले आफु जवानी हुँदा गाउँमा भएको २५० मुरीको खेतमा कमाई, पाखा जग्गाबाट आम्दानी, गाईवस्तुमा हल गोरु १०–१२ वटा, बाख्राहरु १२–१५ वटा र २० वटा भेडाका साथमा राँगा पनी पालिएको अनुभव बताउनु हुन्छ । यसरी जवानीमा आफुले गरी आएको कुराहरुको सम्झना गर्दै सापकोटाज्यू गर्भ गर्नु हुन्छकी आफुले पढ्न नपाएपनी छोरा छोरीहरुको प्रगती र उन्नतीबाट सन्तुष्टी हुनु हुन्छ ।
हाल छोरा राम प्रसाद सापकोटा सफल व्यवसायी हुनु हुन्छ । र छोरीहरु जेठी काठमाण्डौं, माईली धादिङ, साईली अमेरीका र कान्छी छोरी काठमाण्डौं छन् भन्ने कुरा बताउनु भयो । यसरी छोरा राम प्रसाद सापकोटा र बुहारी बिन्दा सापकोटाको स्याहार सुधारले गर्दा आफु र आफ्नी धर्मपत्नी स्वस्थ्य रहन सफल रहेको अभिव्यक्ति दिर्दै मेरा छोराहरु जस्ता जती पनि आमा बाबु पालेर बस्नु भएको सपुत आमा बा का सन्तानहरुलाई भगवानले सदादिन रक्षा गर्ने कुरामा वहाँको विश्वास रहेको बताउनु भयो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij