गर्मी मौसममा छालामा धेरै प्रकारको समस्या देखा पर्छ । यो मौसममा छाला सबैभन्दा बढी प्रभावित हुन्छ । त्यसैले छालाको विशेष हेरचाह गर्नु जरुरी छ । चर्को घाम, पसिना र धूवाँ–धूलोको कारण सनवर्न मात्र हुँदैन भाइरल संक्रमण हुने खतरा पनि उत्तिकै रहन्छ । कसै–कसैको छालामा एलर्जीका कारण जलन हुने र रातो दाना आउन सक्छ ।
मेकअप आर्टिस्ट विनीता शाह गर्मीमा अनुहारको छालाको चमक कम हुने बताउँछिन् ।
यसको मुख्य कारण कडा घाम, गर्मी, हावा र हाम्रो जीवनशैली हो । उनी भन्छिन्, ‘हामीले कस्तो खाना खान्छौं, कस्तो जीवनशैली अपनाउँछौं त्यो हाम्रो अनुहारको छालामा झल्कन्छ ।’ शरीरलाई चाहिने मात्रामा पानीको सेवन नगर्ने, अधिक जंकफुडको सेवन, छालाको नियमित हेरचाह नगर्नुले हाम्रो छालाको प्राकृतिक चमक हराएर जान्छ ।
काठमाडौं बानेश्वरकी रीमा केसीको गालामा गर्मी महिनासुरु भयो कि सेतो, फुस्रो धब्बा देखा पर्छ । उनको जस्तो समस्या यो मौसममा धेरैलाई हुन्छ । त्यसैले छालाको नियमित हेरचाह गर्न जरुरी हुन्छ । हाम्रो शरीरमा छालाको कोष बन्ने र मर्ने प्रक्रिया नियमित चलिरहन्छ ।
यी मृत छाला हटाउन आवश्यक छ । यसो गरेमा मात्र स्वस्थ छाला देखिन्छ र छालाले स्वच्छ हावा लिन पाउँछ । अनि छालाको अझ चमक बढेर आउँछ । छालाको प्राकृतिक चमक कायम राख्ने मेकअप आर्टिस्ट विनीता शाहको सुझाव

दैनिक स्याहार
राति गरिने स्याहार
साप्ताहिक छालाको हेरचाह
(साँझको समय)
मासिक छालाको हेरचाह
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij