बाँपीझ्याला, काठमाण्डौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले वाईफाई सिमका लागि नयाँ प्याकेज ल्याएको छ । कम्पनीले सस्तो मूल्यमा धेरै डेटा प्रयोग गर्न सकिने गरी होम नेट अल्ट्रा, होम नेट सुपर र होम नेट म्याक्स गरी तीन वटा प्याकेजमा यस्तो सुविधा ल्याएको हो ।
तर यो सेवा कम्पनीका विद्यमान प्रयोग भइरहेका सिमकार्डमा भने लिन सकिने छैन । यसका लागि छुट्टै सिमकार्ड आवश्यक पर्नेछ । फोरजी नेटवर्क कभरेज भएको सबै स्थानमा यो सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
होम नेट अल्ट्रा प्याकेज अन्तर्गत कम्पनीका ग्राहकले दुई वटा सिमको साथमा ५०० रुपैयाँ रिचार्जमा मेन सिममा २५ जीबी डेटा तथा अर्को सिममा ५ जीबी डेटा र २०० मिनेट टकटाईम प्राप्त गर्न सक्नेछन् । यसरी प्राप्त डेटा मोबाइलमा हटस्पट बनाएर परिवारका अन्य सदस्यले समेत प्रयोग गर्न सक्नेछन् ।
यस्तो सिम कार्डका लागि थप पैसा भने नलाग्ने कम्पनीले जनाएको छ । होम नेट सुपर प्याकेज अन्तर्गत ग्राहकले २ वटा सिम कार्ड र एउटा राउटर निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।
Siddhartha Bank
यसरी प्राप्त एउटा सिम राउटरमा राख्नुपर्नेछ । जसमा ७०० रुपैयाँ रिचार्ज गर्दा एक महिनासम्म प्रयोग गर्न सकिने गरी मेन सिममा ४० जीबी डेटा तथा अर्को सिममा २०० मिनेट टकटाइम र ५ जीबी डेटा उपलब्ध हुनेछ ।
यसैगरी होम नेट म्याक्स अन्तर्गत समेत २ वटा सिम र एउटा राउटर निःशुल्क प्राप्त गर्न सकिनेछ । जसमा ९०० रुपैयाँ रिचार्ज गर्दा मुख्य सिममा ६० जीबी डेटा तथा अर्को सिममा १० जीबी डेटा र २०० मिनेट टकटाइम पाइनेछ ।
यस्तो प्याकेजको अवधि एक महिनाको रहेको छ । ग्राहकले नियमित रुपमा सेवा प्रयोग गर्न हरेक महिना प्याकेज अन्तर्गतको शुल्क रिचार्जमार्फत भुक्तानी गर्नुपर्नेछ ।
एनसेलको यस किसिमको अफर प्राप्त गर्न नजिककैको एनसेल सेन्टरमा सम्पर्क राख्नुपर्नेछ । एनसेलका ग्राहकले ९००८ तथा अन्य कम्पनीका प्रयोगकर्ताले ९८०९००८००० मा कल गरी यो सेवाको विषयमा थप जानकारी लिन सक्नेछन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij