बाँपीझ्याला, काठमाण्डौं । नेपाली बजारमा उत्कृष्ट स्मार्टफोन ल्याउने कम्पनीमध्ये हुवाइ पनि एक हो। यसले विभिन्न मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। कम दाममा उत्कृष्ट कार्यक्षमता भएको स्मार्टफोनहरू ल्याउने आफ्नो प्रतिबद्धता अनुरूप हुवाइ कम्पनीले वाइ सिरिजमा पनि सहुलियत मूल्य र उति नै उत्कृष्ट कार्यक्षमता भएका स्मार्टफोनहरू आफ्ना ग्राहक समक्ष ल्याएको छ।
कम्पनीले प्रिमियम फोनमा जडान गरिएका फिचर सहित उत्कृष्ट स्मार्टफोन ‘हुवाइ वाइ–सेभेन प्रो २०१९’ नेपाली बजारमा ल्याएको छ। ३ जिबी र्याम ६४ जिबी स्टोरेज छ। फोनको सुरक्षाको लागि कम्पनीले यसमा फिङ्गर प्रिन्ट जडान गरिएको कम्पनीले जानकारी दिएको छ।
स्मार्टफोनः ‘वाइ सेभेन प्रो २०१९’
डिस्प्लेः ६.२६ इन्च डियूड्रप डिस्प्ले
ब्याक क्यामराः १३ र २ मेगापिक्सल
फ्रन्ट क्यामराः १६ मेगापिक्सल
प्रोसेसरः अक्टाकोर प्रोसेसर १.८ गिगाहर्ज
कनेक्टीभिटीः डुअल क्यामरा, वाइफाई, ब्लुटुथ
कलरः (नीलो –ओरोरा ब्लू), कालो (मिडनाइट ब्ल्याक) र रातो (कोरल रेड)
र्यामः ३ जिबी
स्टोरेजः ३२ जिबी र ६४ जिबी
मूल्यः १८ हजार ४ सय ९० र २० हजार ४ सय ९०
ब्याट्रीः ४ हजार एमएएच
यस फोनमा कम्पनीले डिजाइन, क्यामरा र ब्याट्रीलाई महत्वपूर्ण मानेको छ। फोनमा जडान गरिएको ४ हजार एमएएच ब्याट्रीले दुई दिनसम्म चल्ने कम्पनीले जनाएको छ। १३ मेगापिक्सलको मुख्य र २ मेगापिक्सलको डेप्थ गरी पछाडि दुई वटा क्यामरा छ। सेल्फीका लागि कम्पनीले १६ मेगापिक्सलको सेन्सर लेन्स राखेको छ। यस स्मार्टफोनमा डुलल फोर जी सिम कार्ड राख्न मिल्ने सुविधा छ। फोनको स्टोरेज धेरै भएकाले ग्राहकले तस्वीर, भिडियो र गेमहरू सजिलै स्टोर गर्न सक्छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij