अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरको शिलामा यही मंसिर ९ गते दिउँसो १ः४३ देखि २ः५४ सम्म पसिना आएको थियो । यसरी पसिना आएपछी देशको राष्ट्र प्रमुखबाट क्षमापूजा गर्ने परम्परा रहि आएको छ । यही क्रममा यस पटकको क्षमापूजा पर्सि मंसिर २७ गते विहानको ७ः३० बजे राष्ट्र प्रमुख विद्यादेवी भण्डारीको तर्फबाट र जनस्तरको तर्फबाट क्षमापूजा गर्ने भएको छ ।
यसमा विहान ७ः३० बजे हवन यज्ञ पूजा, ९ः०० बजे एघार आवुत्ती लघुरुद्री पूजा, ११ः३० बजे बलि पूजा, दिउँसो १ बजेदेखि हवन यज्ञ लघुरुद्रीको प्रसाद ग्रहण र बलिपूजाको प्रसाद ग्रहण दिउँसो ४ः०० बजे देखि राखिएको छ । पूजाको जाकारी तथा पूजाको प्रसाद ग्रहणको लागि सम्पूर्ण दोलखा जिल्लावासी र भक्तजनहरुको उपस्थितीको लागि आमन्त्रणको गरिएको सूचना समेत प्रकाशित गरिएको जानकारी भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनु भयो ।

दोलखा जिल्ला कोविड –१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकको निर्णय अनुसार यस बर्षको बालाचर्तुदशीको अवसरमा २७ गते भीमेश्वर मन्दिरको परिसरमा बालिने बत्ति सामाजिक धुरी कायम गरि बाल्ने र भोली पल्ट २८ गते विहान देखि सत्विज छर्ने पर्वमा पनि सामाजिक धुरी कायम गरि पर्व मनाउन दिने निर्णय भए अनुसार सोही अनुसार स्थानिय वासिन्दाहरु सहभागी भई सामाजिक धुरी कायम गरी बत्ति बाल्ने कार्य र सत्विज छर्ने कार्यमा सहभागी हुन समेत अध्यक्ष श्रेष्ठले आग्रह गनुू भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij