Nov 19 2026 | २०८३, मंसिर ३, गते

Nov 19 2026 | २०८३, मंसिर ३, गते

बंगालको खाडीमा एक महिनामै तीन चक्रवात, नेपालमा ठूलो वर्षाको जोखिम न्यून

बंगालको खाडीमा एक महिनामै तीन चक्रवात, नेपालमा ठूलो वर्षाको जोखिम न्यून

बंगालको खाडीमा एक महिनाभन्दा कम अवधिमा तीनवटा चक्रवात विकसित भएका छन्। ‘अर्नब’ र ‘मुरासु’पछि अहिले ‘अकवान’ नामको नयाँ चक्रवात विकसित भएको हो। यसको मार्ग भारतको आन्ध्र प्रदेशतर्फ देखिएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार अकवान नोभेम्बर २० (५ मंसिर) आसपास आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्न सक्नेछ। जमिनमा प्रवेश गर्ने समयमा यसको हावाको गति प्रतिघण्टा १२० देखि १३० किलोमिटरसम्म पुग्ने अनुमान छ।

यसअघि ‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा कात्तिक १२ देखि १४ गतेसम्म वर्षा र हिमपात भएको थियो। त्यसपछि विकसित ‘मुरासु’को भने नेपालमा खासै प्रभाव परेको थिएन।

नयाँ चक्रवात अकवानको प्रभाव नेपालमा कस्तो पर्ला भन्ने चासो बढिरहेका बेला मौसमविद्हरूले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार पूर्वी नेपालका केही स्थानमा बादल लाग्ने र हल्का वर्षा हुन सक्ने भए पनि भारी वर्षाको संकेत छैन।

त्यस्तै, मौसमविद् डा. विनोद पोखरेलले पनि पूर्वी नेपालका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने तर ठूलो वर्षाको सम्भावना नरहेको बताएका छन्।

मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि यसको बाहिरी घेराका बादलका कारण वर्षा, हिमपात र हावाहुरी हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार