नेपाल सम्वत् ११४७, कछलाथ्वः ९, नवमी (२ मंसिर २०८३, १८ नोभेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि होडमा कायम रहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज (मंगलबार) निर्णायक प्रतिस्पर्धामा उत्रिँदैछन्। लिग चरणमा तेस्रो र चौथो स्थान हासिल गर्दै प्लेअफमा पुगेका दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने इलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित हुने टोलीको उपाधि यात्रा समाप्त हुनेछ।
लिग चरणमा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको काठमाडौँ गोर्खाज सात खेलबाट चार जित र तीन हारसहित तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो। यता चितवन राइनोज तीन जित, तीन हार र एक खेल वर्षाका कारण रद्द भएपछि चौथो स्थानमा रहँदै इलिमिनेटरमा प्रवेश गरेको हो।
काठमाडौँ लिग चरणको प्रदर्शनलाई निरन्तरता दिँदै दोस्रो क्वालिफायरमा पुग्ने लक्ष्यमा छ भने चितवन पनि जित निकाल्दै उपाधि होडमा आफूलाई कायम राख्न चाहन्छ। त्यसैले दुवै टोलीका लागि आजको खेल प्रतिष्ठासँगै उपाधि यात्राको महत्त्वपूर्ण परीक्षा बन्नेछ।
आजको खेलको विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि भिड्नेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij